सिरहा जिल्लाको कल्याणपुरमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कल्याणपुर नगरपालिका ६, भोक्राहाका किसान ४५ वर्षिय बेचन रोहीताको बिहीवार बेलुका चट्याङ्ग लागेर मृत्यु भएको हो।
गहुँ थे्रसर गरेर फर्कने क्रममा बाटोमा चट्याङ्ग लागेर घटनास्थलमै ज्यान गएको वडा अध्यक्ष दिनेश साहले जानकारी दिए। ‘गहुँ थे्रसर गरेर फर्कने क्रममा पानी परेपछि श्रीमतीसहित नजीकैको खेत रुङ्न बनाएको खोपडी (परोलको छाप्रो)मा श्रीमतीसहित सुरक्षित भएर बसेका थिए। त्यहीबेला श्रीमतीलाई खोपडीमा छोडेर नजीकै रहेको साइँकल लिन जाँदा चट्याङ्ग परेर रोहीताको घटनास्थलमै ज्यान हो;’ वडा अध्यक्ष साहले जानकारी दिए।
रोहीता कल्याणपुर नगरपालिकामा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका थिए।
रोहीताको शव राती नै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल, सिरहा पठाइएको छ।
Copyright © 2020 / 2025 - Seema Sandesh Daily.com All rights reserved