प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय

  • वैशाख ६, २०८२ | १८४ पटक पढिएको | सीमा संदेश
alt

मिसिगन । प्रेमका लागि कहिलेकाहीँ नसोचेको कुराहरू पनि गर्नुपर्छ । तर, अमेरिकामा एक किशोर भने त्यसैका लागि जेलसम्म जानुपरेको छ ।

यो घटना मिसिगन राज्य हो । ती किशोरले आफ्नी प्रेमिका क्रुज जहाजमा भ्रमणमा नजाओस् भनेर बमको हल्ला फैलाएका थिए । त्यसैका लागि उनलाई ८ महिनाको जेल सजाय सुनाइएको छ ।

सन् २०२४ को जनवरीमा कार्निभल सनराइज क्रुज जहाज फ्लोरिडा मियामीको बन्दरगाहबाट जमैकाका लागि यात्रामा निस्किएको थियो । तर केही समयपछि नै कम्पनीले एउटा इमेल प्राप्त गर्‍यो, जसमा लेखिएको थियो– ‘मलाई लाग्छ तिमीहरूको सनराइज क्रुज जहाजमा कसैसँग बम रहेको छ ।’

मात्र एक लाइनको यो सन्देशले अमेरिकी र जमैकाको कोस्ट गार्डले महँगो सुरक्षा अपरेसन चलाउनुपरेको थियो । उनीहरूले सनराइज जहाजमा रहेका १ हजार कोठालाई विस्तृत रूपमा जाँच गर्नुपरेको थियो । तर, लामो खोजीपछि पनि बम फेला भने परेन । 

कयौँ घण्टाको ढिलाइपछि जहाजलाई अन्ततः आफ्नो नियमित यात्रामा जान दिइएको थियो । तर, कथा यतिमा मात्र टुंगिदैन ।

अधिकारीहरू सो इमेल पठाउने १९ वर्षीय किशोरसम्म पुग्छन् । सोधपुछका क्रममा उनले अधिकारीहरूसमक्ष आफूले आफ्नो प्रेमिका र उनको परिवारलाई आफूबिना भ्रमणमा जानबाट रोक्न यस्तो हल्ला फैलाएको स्वीकार गर्छन् ।

जोसुवा ड्यारल लोवीले एफबीआईका अधिकारीहरूलाई आफू दुखी भएकाले यस्तो हर्कत गरेको बताएका थिए । उनकी प्रेमिका र परिवारले क्रुज यात्राको टिकट किनेको तर आफूलाई भने घरमा रहेका जनावरहरूको ख्याल राख भनेर एक्लै छाडेको उनको गुनासो थियो । 

उनलाई यो कुरा मनपरेन । उनलाई सो यात्रा रोक्ने एउटा मात्र उपाय बमको हल्ला फैलाउनुपर्छ भन्ने लाग्यो । ‘बमको हल्ला कुनै मजाकको कुरा होइन । यो गैरजिम्मेवार हो,’ एफबीआई मिसिगनका स्पेसल एजेन्ट प्रमुख चेभोरेया गिब्सन भन्छन्, ‘हामी यस विषयलाई गम्भीरतापूर्वक लिन्छौँ र यस्तो हर्कत गर्नेलाई कारबाही गर्छौँ ।’

१९ वर्षीय किशोरले आफ्नो हर्कतका लागि ५ वर्षसम्म जेल सजाय भोग्न सक्थे । तर, अमेरिकी जिल्ला न्यायाधीश पल मालोनेले उनलाई ८ महिनाको मात्र सजाय सुनाए । एमलाइभका अनुसार ती किशोरले न्यायाधीशलाई आफ्नो गल्तीको सम्पूर्ण जिम्मेवारी दिँदै माफी मागेर पत्र लेखेका थिए ।
अडिटी सेन्ट्रलबाट

नेसपा नयाँशक्तिले सीके, रवि, रेशम र बालेनसँग मिलेर

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाज ...

हिन्दुको नाममा नाबालिकालाई ओसारपसार

हिन्दु बनेर काठमाण्डुकी एक नाबालिकालाई ललाई फकाई भारतको ...

प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो

 नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान प ...

असार ६ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ६ गते । शुक्रबार । ईश्वी सन् २०२५ ज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब