प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय

  • वैशाख ६, २०८२ | ६८० पटक पढिएको | सीमा संदेश
alt

मिसिगन । प्रेमका लागि कहिलेकाहीँ नसोचेको कुराहरू पनि गर्नुपर्छ । तर, अमेरिकामा एक किशोर भने त्यसैका लागि जेलसम्म जानुपरेको छ ।

यो घटना मिसिगन राज्य हो । ती किशोरले आफ्नी प्रेमिका क्रुज जहाजमा भ्रमणमा नजाओस् भनेर बमको हल्ला फैलाएका थिए । त्यसैका लागि उनलाई ८ महिनाको जेल सजाय सुनाइएको छ ।

सन् २०२४ को जनवरीमा कार्निभल सनराइज क्रुज जहाज फ्लोरिडा मियामीको बन्दरगाहबाट जमैकाका लागि यात्रामा निस्किएको थियो । तर केही समयपछि नै कम्पनीले एउटा इमेल प्राप्त गर्‍यो, जसमा लेखिएको थियो– ‘मलाई लाग्छ तिमीहरूको सनराइज क्रुज जहाजमा कसैसँग बम रहेको छ ।’

मात्र एक लाइनको यो सन्देशले अमेरिकी र जमैकाको कोस्ट गार्डले महँगो सुरक्षा अपरेसन चलाउनुपरेको थियो । उनीहरूले सनराइज जहाजमा रहेका १ हजार कोठालाई विस्तृत रूपमा जाँच गर्नुपरेको थियो । तर, लामो खोजीपछि पनि बम फेला भने परेन । 

कयौँ घण्टाको ढिलाइपछि जहाजलाई अन्ततः आफ्नो नियमित यात्रामा जान दिइएको थियो । तर, कथा यतिमा मात्र टुंगिदैन ।

अधिकारीहरू सो इमेल पठाउने १९ वर्षीय किशोरसम्म पुग्छन् । सोधपुछका क्रममा उनले अधिकारीहरूसमक्ष आफूले आफ्नो प्रेमिका र उनको परिवारलाई आफूबिना भ्रमणमा जानबाट रोक्न यस्तो हल्ला फैलाएको स्वीकार गर्छन् ।

जोसुवा ड्यारल लोवीले एफबीआईका अधिकारीहरूलाई आफू दुखी भएकाले यस्तो हर्कत गरेको बताएका थिए । उनकी प्रेमिका र परिवारले क्रुज यात्राको टिकट किनेको तर आफूलाई भने घरमा रहेका जनावरहरूको ख्याल राख भनेर एक्लै छाडेको उनको गुनासो थियो । 

उनलाई यो कुरा मनपरेन । उनलाई सो यात्रा रोक्ने एउटा मात्र उपाय बमको हल्ला फैलाउनुपर्छ भन्ने लाग्यो । ‘बमको हल्ला कुनै मजाकको कुरा होइन । यो गैरजिम्मेवार हो,’ एफबीआई मिसिगनका स्पेसल एजेन्ट प्रमुख चेभोरेया गिब्सन भन्छन्, ‘हामी यस विषयलाई गम्भीरतापूर्वक लिन्छौँ र यस्तो हर्कत गर्नेलाई कारबाही गर्छौँ ।’

१९ वर्षीय किशोरले आफ्नो हर्कतका लागि ५ वर्षसम्म जेल सजाय भोग्न सक्थे । तर, अमेरिकी जिल्ला न्यायाधीश पल मालोनेले उनलाई ८ महिनाको मात्र सजाय सुनाए । एमलाइभका अनुसार ती किशोरले न्यायाधीशलाई आफ्नो गल्तीको सम्पूर्ण जिम्मेवारी दिँदै माफी मागेर पत्र लेखेका थिए ।
अडिटी सेन्ट्रलबाट

कमला पुल असारभित्रै सञ्चालनमा आउने

सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदी पुलको पुनःनिर्म ...

जनमतमा असन्तुष्टि बढ्दो !

जनमत पार्टीको समानुपातिक बन्दसूचीबाट हट्नका लागि एकैपटक ...

पुस २९ गते मंगलबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल पौष २९ गते । मंगलबार । इस ...

ठगी रकम फिर्ता नै सरकारको करवाही हो ?

भूमिहिन सुकुम्बासीलाई लालपुर्जा दिने भनि अवैधानिक रुपमा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब