डेरी उद्योगको गोदाममा शिल प्रकरण : विहिवार राती नभेटीको विल भेटीएपछि आसंका उत्पन्न

  • वैशाख १३, २०८२ | ३२५ पटक पढिएको | सीमा संदेश
alt

भन्सार छलिएको आशंकामा शिल गरिएको गोलबजार नगरपालिका ४ स्थित माँ धमनी डेरी उद्योगको शिल खोलिएको छ। माडर नाकाहुँदै  भन्सार छलेर खाद्य सामग्री ल्याएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र भन्सार कार्यालय माडरको टोलिले छापारी गरी हिजो शिल गरिएको गोदाममा रहेको सामाग्रिको विलविज भेटिएको भन्दै डेरी उद्योगको जिम्मा लगाएको हो। 

सशस्त्र प्रहरी बल तथा माडर भन्सार कार्यालयको संयुक्त टोलीले हिजो साँझ करिब ६ बजे छापा मारेको थियो।

प्रहरी र भन्सार टोलिले विहिवार राति १२ बजेसम्म गोदामको खानतलासी गरी शिल गरिएको थियो। खान तलासीकै क्रममा गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष विजय कुमार साहसहितका व्यसायीले होहल्ला मञ्चाएको प्रहरीले बताएका थिए।  

पछि शुक्रवार विहान ९ बजे आउने भनि शिल गरिएको भएपनि प्रहरी र भन्सार कर्मचारी अपरान्ह करिब ३ बजे आएको आएका थिए। राति सामाग्रिको विलविजक देखाउन नसकेका उद्योगका सञ्चालक विनोद कुमार साहले उनीहरु आउने वित्तिकै सवै सामानको विल विजक पेश गरेको अनुसन्धानमा खटिएका प्रहरीले बताए। 

राती अवेरसम्म वेसेर सामान खान तलासी गर्दा कुनै विलविजक देखाउन नसकेको सामाग्रिको आज बिलविजक भेटीनुले सन्देह पैदा गरेको छ। 

प्रहरी र भन्सारको टोलिले गोदाममा सजल कम्पनीका १२ वटा बोरामा १९५ किलो धुलो दूध, सागर कम्पनीको एउटा बोरामा ११ किलो र प्रम कम्पनीको १५ किलो धुलो दूध रहेको थियो। जसमध्ये सागर कम्पनीको धुलो दुधको समय सकिएको र अन्यको प्रयोग अवधि पनि बाँकी रहेको माडर भन्सार कार्यालयका अधिकृत बिमल कुमार श्रेष्ठले जानकारी दिए। 

उनले उक्त सामग्री सगरमाथा डेरी उद्योग, इटहरी र माडर भन्सार कार्यालयबाट लिलामी प्रक्रियाबाट खरिद गरिएको र सबै बिल–बिजक तथा प्रज्ञापनपत्र उपलब्ध रहेको अधिकृत श्रेष्ठले दाबी गरे। तर, प्रहरीले बनाएको घटना प्रकृति मुचुल्कामा भने कहाँबाट खरिद गरिएको भन्ने उल्लेख गरिएको छैन। 

नियन्त्रणमा लिएको सवै सामानको विलविजक रहेको भन्नेमात्र उल्लेख गरीएको छ। मुचुल्कामा कुन समान कुन मितिमा, कुन व्यवसायीबाट खरिद गरेको भन्ने उल्लेख नगरीनुले स्थानीय व्यसायीले चलखेलको आशंका गरेको छ। 

बरामदी मुचुल्का बनाउने क्रममा सञ्चार कर्मीले प्रज्ञापनपत्र देखाउन अनुरोध  गरेपनि अधिकृत श्रेष्ठले तत्काल देखाउन अस्वीकार गरे। एनले भने, ‘अहिले विल विजक देखाउन मिल्दैन, चाहियो भने प्रिन्ट गरेर दिन्छौं। मुखले दिन्छौं भनेपनि उनले तत्काल देखाउन समेत चाहेन।’ 

सञ्चारकर्मीले विलविजक देखाउन अनुरोध गर्दासमेत नदेखाउनुले अझ आशंका उत्पन्न भएको छ। 

स्रोतहरूका अनुसार ती सामग्री कुनै लिलामी प्रक्रियाबाट नभई तस्कर मार्फत भारतबाट मगाएको हो। नेपालका लागि प्रतिवन्धित सामाग्री ल्याएको भएपनि सम्वन्धित निकायले अनुसन्धानको नाममा शिल गर्नु र शिल गरेको १५ घण्टा पछि आउँदा सवै विलविजक भेटुनु सन्देशको विषय भएको व्यवसायीहरुनै बताउँछन्। 

जिल्ला भन्सार कार्यालय सिरहाका प्रमुख तोयानाथ सापकोटालाई नेपालमा विक्रिको लागि प्रतिवन्धित सामान कसरी भित्रीयोे भन्ने गमकपोष्टको प्रश्नमा उनले भने, ‘यो खुल्ला सीमानाको परीणाम हो। यहाँ  मात्र हैन अमुल कम्पनीको दुधहरु काठमाडौंमा समेत पाईन्छ। सीमा नजीकको बजामा पाईनु सामान्य हो।’ 

तपाईहरुले कसरी छोड्नु भयो? भनि पुनः प्रश्न गर्दा सवै सामानको विलविजक भएकाले छाडेको प्रतिक्रिया दिए। नेपालमा विक्रि वित्रणमै रोक लागेको सामाग्रिको विल विजक कहाँबाट आयो? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘विल विजक सक्कली नक्कली के हो, हेर्ने निकाय राजश्व अनुसन्धान कार्यालय हो। उहाँहरुले भन्नु हुन्छ। हामीले विल विजक देखाएपछि व्यक्तिको सम्पतीमा हस्तक्षेप गर्न मिल्दैन।’

भन्सार अधिकृतको भनाई, भन्सारकै प्रमुख भनाई मै फरक फरक र गैर जिम्मेवार अभिव्यक्ति दिनु र प्रहरीले बनाएको मुचुल्कामा खरिद गरी ल्याएको कम्पनीको नाम, रिखद गरिएको सामाग्रिको नाम उल्लखे नगर्नुले घटनालाई अझ आशंका युक्त बनाएको छ। 

कमला पुल असारभित्रै सञ्चालनमा आउने

सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदी पुलको पुनःनिर्म ...

जनमतमा असन्तुष्टि बढ्दो !

जनमत पार्टीको समानुपातिक बन्दसूचीबाट हट्नका लागि एकैपटक ...

पुस २९ गते मंगलबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल पौष २९ गते । मंगलबार । इस ...

ठगी रकम फिर्ता नै सरकारको करवाही हो ?

भूमिहिन सुकुम्बासीलाई लालपुर्जा दिने भनि अवैधानिक रुपमा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब