पेट्रोलियम पदार्थको भाउ घट्यो

  • वैशाख १८, २०८२ | ३५० पटक पढिएको | सीमा संदेश
alt

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।

निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेल/मट्टीतेलमा १ र हवाई ईन्धनमा ४ रुपैयाँ मूल्य घटाइएको हो ।

त्यस्तै एलपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत् राखिएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १५५,दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा १४२, दोस्रो वर्गमा १४४,तेस्रो वर्गमा १४५ कायम गरिएको छ । हवाई इन्धन आन्तरिकतर्फ १२१ कायम गरिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाण्डौ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब