एउटा सिनमा २२ टेक दिनुपर्दा वर्षालाई ज्वरो..

  • वैशाख २१, २०८२ | ४३५ पटक पढिएको | सीमा संदेश
alt

अभिनेत्री वर्षा सिवाकोटीले झिल्को फिल्म निर्माणका क्रममा भएको एउटा रमाइलो घटना सार्वजनिक गरेकी छन् । बिहीबार फिल्मको प्रिमियर शो पछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले एउटा सिनका लागि २२ टेक दिएको र त्यसपछि आफू बिरामी नै भएको बताइन् । 

फिल्ममा एउटा रुनुपर्ने सिन रहेको थियो । उक्त सिन एक टेक गर्न पनि गाह्रो रहेकोमा २० देखि २२ टेकसम्म लिएको बताइन् । त्यसपछि आफूलाई एकदमै गाह्रो भएर ज्वरो नै आएको उनको भनाई छ । उक्त सिन सुटिङपछि बिरामी जस्तै भएकोले आफूले आराम लिएको उनले बताइन् ।

'निर्देशक यादव भट्टराई सर एउटा यस्तो मान्छे जबसम्म आफूलाई चित्त बुझेन तबसम्म ठिक छ भन्नुभएन'  उनले भनिन् । पछिल्लो समय फिल्ममा कथा मुख्य विषय बनेर आइरहेको उनको भनाइ थियो । आफू फिल्म साइन गर्दा कथा हेर्ने बताउँदै उनले सक्षम र सफल निर्माण टिमबाट प्रस्ताव आइसकेपछि झिल्कोमा त्यति धेरै समस्या नभएको उनले बताइन् ।

झिल्कोमा वर्षाले अहिलेसम्म नगरेको आमाको भूमिका निभाएकी छन् ।  तर आफ्ना लागि टिम र कथा मुख्य भएकाले आमाको भूमिकामा पहिलोपटक झिल्कोमा खेल्न तयार भएको उनले बताइन् । 

झिल्कोमा काम गर्दा चुनौतीपूर्ण भएपनि आफूले अहिलेसम्म गरेका चलचित्रमध्ये निर्देशक भट्टराईले आफूबाट सबैभन्दा बढी काम निकाल्न सफल भएको उनको भनाइ थियो । 

झिल्कोपछि वर्षाले छक्का पञ्जा ५ मा काम गरेकी थिइन् । उक्त सेटमा झिल्कोमा सिकेका र सिकाइएका कुराहरूका कारण सजिलो भएको उनले बताइन् । 

उनले भनिन् 'झिल्कोले मेरा कमीकमजोरी औँल्याइदिएको थियो । एक कलाकारका लागि यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । कतिपय चलचित्रमा हाम्रा गल्तीहरू यत्तिकै ढाकछोप भइरहेको हुन्छ । तर उहाँ (भट्टराई) यस्तो एउटा मेकर, एकदमै गाह्रो भए पनि काम पर्फेक्ट नभएसम्म निरन्तर लाग्नुहुन्थ्यो । '

वाह ! टिम नेपाल : दुईपटकको विश्वकप विजेता इंग्ल्या

आइसिसी टी–२० विश्वकपमा नेपालले सानदार प्रदर्शनबाट ...

माघ २६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको मिति: वि.सं. २०८२ साल माघ २६ गते, सोमबार इस्वी ...

‘जनकपुर घोषणापत्र २०८२’ सार्वजनिक

मधेश प्रदेशस्तरीय युवा मञ्चले जनकपुर घोषणापत्र २०८२ सार ...

सेनाको अभ्यासमै हराएको बम विस्फोट, ४ बालक घाइते

सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधौली खोला क्ष ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब