सिन्दूर लगाएर कान्समा पुगिन् ऐश्वर्या

  • जेठ ९, २०८२ | २९० पटक पढिएको | सीमा संदेश
alt

नयाँ दिल्ली । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन हालै कान्स फिल्म फेष्टिभलमा पुगिन् । यस क्रममा अभिनेत्रीले बनारसी साडी र भारी गहना लगाएकी थिइन् । तर सबै भन्दा धेरै चर्चा उनले सिउँदोमा लगाएको सिन्दूरले पायो । 

७८ औं कान्स फिल्म फेस्टिभलको लागि ऐश्वर्या भारतीय फेसन डिजाइनर मनीष मल्होत्राले डिजाइन गरेको सुन्दर साडी लगाएकी थिइन् । उनको यो लुकले फेसन समीक्षक र प्रशंसकहरूलाई दुवै प्रभावित गर्‍यो । 

यस लूकले अभिनेत्रीले अभिषेक बच्चनसँगको आफ्नो डिभोर्सको हल्लामा पूर्ण विराम लगाइदिएकी छिन् । यसलाई धेरैले केही नबोलीकन उनले भनी पाकिस्तानलाई थप्पड हानेर अन्तर्राष्ट्रिय मञ्चमा भारतको अपरेसन सिन्दूर को प्रतिनिधित्व गरेको रूपमा पनि अर्थ्याइरहेका छन् । 

ऐश्वर्याको लुकको बारेमा कुरा गर्दा, अभिनेत्रीको यो बहुप्रतिक्षित कान्स लुक प्रसिद्ध फेसन डिजाइनर मनीष मल्होत्राले डिजाइन गरेका थिए । अभिनेत्रीले साडी लगाएकी थिइन्, जुन हातले बुनेको बडा बनारसी ह्यान्डलूम साडी थियो । यो आइभोरी रंगको हस्तनिर्मित साडीमा चाँदीको जरीको वर्क थियो । 

साडीको साथमा अभिनेत्रीले उही रंगको सल पनि क्यारी गरेकी थिइन् । यसको साथमा अभिनेत्रीले रूबीको स्टेटमेन्ट औंठी पनि लगाएकी थिइन् । भने घाँटीमा रुबीको ठुलो नेकलेस लगाएकी थिइन् । 

वाह ! टिम नेपाल : दुईपटकको विश्वकप विजेता इंग्ल्या

आइसिसी टी–२० विश्वकपमा नेपालले सानदार प्रदर्शनबाट ...

माघ २६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको मिति: वि.सं. २०८२ साल माघ २६ गते, सोमबार इस्वी ...

‘जनकपुर घोषणापत्र २०८२’ सार्वजनिक

मधेश प्रदेशस्तरीय युवा मञ्चले जनकपुर घोषणापत्र २०८२ सार ...

सेनाको अभ्यासमै हराएको बम विस्फोट, ४ बालक घाइते

सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधौली खोला क्ष ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब