श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी

  • जेठ १८, २०८२ | ११० पटक पढिएको | सीमा संदेश
alt

जिल्लाको रोल्पा नगरपालिका–३ चौरपानीका एक सय १० जना एकै दिन बिरामी परेका छन् । बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी विजय चापागाईंले जानकारी दिनुभयो । 

स्थानीय तिलप्रसाद रोकाको घरमा श्राद्धमा खाना खाएका मध्ये एक सय १० जना बिरामी परेको हुन् । वडा अध्यक्ष राजकुमार पुरीले रोकाको घरमा श्राद्धमा एक सय ५० जनाले खाना खाएका थिए । त्यसमध्ये एक सय १० जना बिरामी परेको जानकारी दिनुभयो ।

बिरामीहरुमा ज्वरो आउने, लगातार बान्ता र पखाला हुने समस्या देखिएपछि स्थानीय खुमेल स्वास्थयचौकीमा पुर्‍याइएको थियो । प्रहरीका अनुसार हालसम्म एक सय दुई जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य आठ जनालाई जिल्ला अस्पताल रेउघा रोल्पामा रेफर गरिएको सूचना अधिकारी चापागाईंले बताउनुभयो । बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । बिरामीहरु अधिकांश स्थानीय रहेका छन् । 

लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट

सिरहा। यहाँको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८ ...

असार ७ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ७ गते । शनिबार । ईश्वी सन् २०२५ जुन ...

नेसपा नयाँशक्तिले सीके, रवि, रेशम र बालेनसँग मिलेर

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाज ...

हिन्दुको नाममा नाबालिकालाई ओसारपसार

हिन्दु बनेर काठमाण्डुकी एक नाबालिकालाई ललाई फकाई भारतको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब