माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा

  • जेठ २०, २०८२ | ४२६ पटक पढिएको | सीमा संदेश
alt

नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् ।

साहले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन् । स्रोतका अनुसार उनलाई राजीनामा पत्र बुझाउन प्रचण्डले नै निर्देशन दिएका थिए ।

साहलाई दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएका थिए । मधेशमा माओवादीका ९ जना सांसद रहेका छन् ।

प्रदेशका सांसदले दबाब दिए पनि साहले भने अध्यक्ष प्रचण्ड र उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज मातृकाप्रसाद यादवको साथ पाएकाले राजीनामा नदिने अडानमै थिए । तर, केही समयअघि पार्टीप्रति आघात  पुग्ने काम गरेको उजुरी अध्यक्ष प्रचण्डसमक्ष परेको थियो । त्यसपछि अध्यक्ष प्रचण्डले नै दलको नेताबाट राजीनामा दिन निर्देशन दिएको खुलेको छ ।

आफ्नो अडानमा कायम रहेका उनले अध्यक्ष प्रचण्डले नै निर्देशन दिएपछि भने राजीनामा दिएको स्रोतको भनाइ छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब