आज देशभर हावाहुरी र पानी पर्ने चेतावनी

  • वैशाख १६, २०८३ | ४१ पटक पढिएको | सीमा संदेश
alt

बुधबार देशभर हावाहुरीसंगै पानी पर्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।

गत शनिबारदेखि पानी पर्ने, बादल लाग्ने भइरहेकामा मंगलबार रातिदेखि नै भने प्रि–मनसुन सक्रिय हुने देखिएको छ । पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भू– भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण बुधबार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै बुधबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि पानी पर्ने देखिए पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने ठूलो वर्षाको पनि सम्भावना छ । विभागका प्रवक्ता विभूति पोखरलेका अनुसार प्रि–मनसुनको सिजन भएकाले मेघगर्जन, चट् याङ र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

उनले भने, ‘आज राति कोशीका धेरै स्थान मधेश, बागमती र गण्डकीका केही स्थानमा पानी पर्ने देखिन्छ, बुधबार भने अझ विस्तार भएर देशभर पानी पर्ने आकलन छ । बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ‘ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक/दुई स्थानमा पनि मध्यमसम्मको वर्षाको आकलन छ । बिहीबार भने मौसममा केही सुधार हुने सम्भावना रहेको छ । बिहीबार दिउँसो हिमाली र पहाडी भू–भागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाका सम्भावना रहेको छ । बुधबार साँझ देशका विभिन्न क्षेत्रमा हावाहुरी पनि चल्ने सम्भावना रहेको छ ।

कमला पुलमा आवागमन अवरुद्ध

धनुषा र सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गत प्रमुख मा ...

लेखापालको चर्तिकला अगाडि प्रहरी मूकदर्शक ! शक्ति र

रौतहट जिल्लाको गरुडा नगरपालिकाका लेखापाल सत्यनारायण सहन ...

ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक पक्राउ

सिराहाको गोलबजारबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्ध ...

स्थानीय तहका उम्मेदवार छनोटका लागि रास्वपाले माग्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब