देउवाको प्रस्ताव– मधेशको नाम जनक वा जानकी राखाैँ

  • जेठ २३, २०८२ | ३६८ पटक पढिएको | सीमा संदेश
alt

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशको नाम ‘जनक’ वा ‘जानकी प्रदेश’ राख्न उपयुक्त हुने प्रस्ताव गरेका छन् ।

शुक्रबार जनकपुरधाममा मैथिली विकास कोष भवन’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले राजा जनकको ऐतिहासिक योगदान र सांस्कृतिक प्रभावको चर्चा गर्दै प्रदेशको नाम जनक वा जानकी राख्दा पहिचान र गौरव अझ प्रस्ट हुने तर्क गरे ।

‘राजा जनक केवल साधारण राजा थिएनन्, उनी राजर्षि थिए,’ देउवाले भने, ‘सिंगापुर, मलेसिया, थाइल्यान्डलगायत देशहरूमा समेत जनकको प्रभाव देखिन्छ ।’

उनले मैथिली भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा संस्थागत रूपमा कार्य हुनुपर्ने बताए । देउवाले कोषको भवनजस्तै भाषिक तथा सांस्कृतिक विकास पनि भव्य र परिणाममुखी बनाउन आग्रह गरे । ‘भवन भौतिक पूर्वाधारमा मात्र सीमित नहोस्,’ उनले भने, ‘मैथिली परम्परा, भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने थलो बनोस् ।’

देउवाले यो भवन नयाँ पुस्तालाई भाषा, ज्ञान, सीप र संस्कृति हस्तान्तरण गर्ने प्लेटफर्मको रूपमा उपयोग गर्न सुझाए ।संविधानले मैथिलीलाई राष्ट्रिय भाषा मानेकाले यसको संरक्षण र सम्वर्द्धनमा कोषले पनि अग्रसरता लिनुपर्ने उनको भनाइ थियो ।

वाह ! टिम नेपाल : दुईपटकको विश्वकप विजेता इंग्ल्या

आइसिसी टी–२० विश्वकपमा नेपालले सानदार प्रदर्शनबाट ...

माघ २६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको मिति: वि.सं. २०८२ साल माघ २६ गते, सोमबार इस्वी ...

‘जनकपुर घोषणापत्र २०८२’ सार्वजनिक

मधेश प्रदेशस्तरीय युवा मञ्चले जनकपुर घोषणापत्र २०८२ सार ...

सेनाको अभ्यासमै हराएको बम विस्फोट, ४ बालक घाइते

सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधौली खोला क्ष ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब