भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ हजार नाघेको छ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्यांकअनुसार, देशमा हाल ५ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यीमध्ये धेरैजसो संक्रमित केरलामा छन्। केरलापछि, गुजरात, पश्चिम बंगाल र दिल्लीमा सबैभन्दा धेरै कोरोना संक्रमित छन्।
केरलामा कोभिडका १६७९, गुजरातमा ६१५, पश्चिम बंगालमा ५९६ र दिल्लीमा ५९२ जनामा अहिले कोरोना संक्रमण छ।
भारतीय मन्त्रालयका अनुसार, जनवरीयता हालसम्म देशमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भइसकेको छ।
Copyright © 2020 / 2025 - Seema Sandesh Daily.com All rights reserved