मधेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
जनमत पार्टी नेतृत्वको मधेश सरकारले दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउँदा केहि नयाँ र अधिकांश पुरानै योजना तथा कार्यक्रमलाई निरन्तरता दिएको हो । आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
मधेश प्रदेशसहित देशभर अहिले भ्रष्टाचारको मुद्दा बढ्दै छ । यस्तो समयमा प्रदेश सरकारले ‘मेरो पैसा कहाँ जान्छ’ अभियान चलाउने घोषणा गरेको छ । प्रदेश प्रमुख भण्डारीले प्रादेशिक बजेटको विनियोजन र खर्चको पारदर्शिता, प्रवर्द्धन तथा लेखाजोखा गर्न उक्त अभियान सञ्चालन गरिने घोषणा गरिन् ।
उनले समृद्धि मधेश, समृद्ध राष्ट्रको आधार मार्गदर्शन सिद्धान्त अनुसार सामाजिक न्याय, आर्थिक समावेशिता र पूर्वाधार विकास लगयतका क्षेत्रहरुमा दिगो विकास लक्षित कार्यक्रमहरु सञ्चालन गरिने बताइन् ।
मधेस सरकारले मयूरको संरक्षण तथा प्रवर्द्धन, मखान खेतीको विस्तार, ऋण कार्डको व्यवस्थासहितका केही नयाँ योजना सार्वजनिक गरेको छ ।
Copyright © 2020 / 2025 - Seema Sandesh Daily.com All rights reserved