सिरहा, २५ जेठ । सिरहा सदरमुकाम जारी शहिद हेमनारायण गोल्डकप प्रतियोगिताको आज हुने फाइनल खेलमा आयोजक घरेलु टिम सलहेश युवा क्लव सिरहा र चात्यासा फुटबल क्लब, झापासँग उपाधिका लागि भिड्नेछ ।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा सलहेशले चित्लाङ्ग फुटबल क्लबलाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।
सिरहा क्याम्पसको खेलमैदानमा भएको खेलमा सलहेशका लागि दिपेश चाम्लिङ राईले एक मात्र निर्णायक गोल गरे। खेलको म्यान अफ दि म्याच भने प्रवेश दनुवार घोषित भए ।
सलहेश युवा क्लब, सिरहाको आयोजना तथा सिरहा नगरपालिका, सिरहाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
Copyright © 2020 / 2025 - Seema Sandesh Daily.com All rights reserved