शहिद हेमनारायण गोल्डकप : लगतार तेस्रो पटक आयोजक सलहेश युवाको जित

  • जेठ २६, २०८२ | ३८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २६ जेठ । राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन, खेलकुदको माध्यमबाट सिरहा र राजा सलहेशलाई चिनाउने उद्देश्यले  आयोजना गरिएको शहीद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सलहेश युवा क्लब, सिरहाले जितेको छ।

आइतबार भएको फाइनल खेलमा सलहेशले चात्य सा फुटबल क्लब, झापालाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।

खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न नसके पनि दोस्रो हाफको चौथो मिनेटमा कुलदीप कार्कीले पेनाल्टीमार्फत पहिलो गोल गर्दै सलहेशलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफको १८ औं मिनेटमा दिपेश घलेले दोस्रो गोल गर्दै टिमको जितलाई सुरक्षित बनाए ।

बिधागत तर्फ पनि सहलेस कै खेलाडिको अधिपत्य रह्यो । फाइनलको म्यान अफ द म्याच विनु आले मगर (सलहेश युवा क्लब) घोषित हुदा प्रतियोगिताको सर्बकृष्ट खेलाडी सलहेस्कै कुलदीप कार्की घोषित भए । उनले नगद रु. ७,००० नगद र ट्रफी प्राप्त गरे । उत्कृष्ट गोलकिपर रेम्बो चौधरी (सलहेश युवा क्लब), उदियमान खेलाडी रामबाबु दास र राजा बाबु मेष्तर (सलहेश युवा क्लब) संयुक्त घोषित भए ।

सर्बाधिक गोलकर्ता युसुफ मल्लिक (चित्लाङ एफसी, काठमाडौं) र उत्कृष्ट प्रशिक्षक श्याम सुन्दर सिंह (सलहेश युवा क्लब) घोषित भए । सलहेश युवा क्लब सिरहा ले यो प्रतियोगिताको उपाधी तेश्रो पटक जित्न सफल भएको हो ।

सिरहा नगरपालिका सिरहाको सहयोगमा सलहेश युवा क्लव सिरहाले तेस्रो पटक शहिद हेमनारायण गोल्डकप फुटवल प्रतियोगिता आयोजना गरको हो । 

495075862_717513337502388_1379466953367220566_n

नेपालमा कम्युनिष्ट समाजवाद किन आउन सक्दैन ?

कम्युनिज्म एउटा विचारधारा हो।यो राजनीतिक र आर्थिक विचार ...

युवतीको मनोविज्ञानमा रमिताको पिरती

महिला निर्देशक सुदीप्ताको निर्देशनमा निर्माणाधीन फिल्म ...

भारतमा पुटिन : अमेरिकाको ‘दोहोरो नीति’ माथि प्रहार

नयाँ दिल्ली । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक भार ...

मंसिर १९ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल मङ्सिर १९ गते । शुक्रबार । ईश्वी सन् २०२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब