डेब्यूमै नन्दनको शानदार प्रदर्शन

  • जेठ २८, २०८२ | ३८५ पटक पढिएको | सीमा संदेश
alt

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने एकदिवसीय शृंखलाका लागि नन्दन यादव दोस्रोपटक नेपाली टोलीमा समावेश भएका थिए ।

यसअघि पनि टिममा परेका तर मौका नपाएका नन्दनले केही महिनाअघि मात्र हङकङमा भएको टी-२०आई शृंखलामार्फत राष्ट्रिय टोलीका डेब्यू गरेका थिए । तर एकदिवसीयमा भने मौका पाएका थिएनन् ।

यस शृंखलामा पनि उनले एकदिवसीय डेब्यूका लागि अझै पर्खनुपर्ने अवस्था लगभग निश्चितजस्तै भएको थियो । तर प्रशिक्षणका क्रममा मुख्य पेस बलर सोमपाल कामीलाई चोट लागेपछि मंगलबारको खेलमा नन्दनले डेब्यूको मौका पायो ।

नेपाली बेन्चमा नन्दनबाहेक अर्का पेस बलर रिजन ढकाल मात्र थिए जसले यो शृंखलाको पहिलो खेल मात्र खेलेका थिए । उनलाई बेन्चमै राखेर प्रशिक्षक स्टुअर्ट लले नन्दनलाई डेब्यूको मौका दिए ।

नन्दनले पनि पाएको मौकामा आफुलाई अब्बल साबित गर्दै नेदरल्याण्ड्सविरुद्ध ३ विकेट नै लिए । उनको बलिङ फिगर पनि शानदार थियो ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब