जवर्जस्ती गर्भपतनको औषधि खुवाउँदा सकस

  • जेठ ३०, २०८२ | ५२८ पटक पढिएको | सीमा संदेश
alt

तीन वर्षको प्रेम सम्बन्धपछि विवाह गरेकी सप्तरीको हनुमानननगर कंकालिनी नगरपालिका–२ सकरदहीकी २० वर्षीया सनिशा खंग अस्पतालको शैय्यामा पीडाले छटपटाइरहेकी थिइन् । चार महिनाकी गर्भवती रहेकी सनिशालाई एकाबिहानै गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । उनकी सासू ४४ वर्षीया झुलफुलदेवी खंग र अर्का एक जनाले जबरजस्ती सनिशालाई गर्भवतनको औषधि खुवाएपछि पेटको दुखाईले अचेत अवस्थामा पुगेकी उनलाई छिमेकीको सहयोगमा अस्पतालसम्म ल्याइयो । तर ढिलो भइसकेकोले सनिशाको गर्भमा रहेको बच्चा जोगाउन नसकिएको उपचारमा संलग्न चिकित्सक डा. दिलिपकुमार साहले बताए ।

उनका पती २२ वर्षीय शिवजी खंग अढाई महिनादेखि सनिशाको सम्पर्कमा छैनन् । अस्पतालको २१ नम्बर शय्यामा छटपटाइरहेकी सनिशाले भनिन्, ‘प्रेमीले धोका दिँदा घर न घाटकी भइसकेकी छु, बच्चाको लागि बाँच्न खोजेको थिए तर त्यो पनि रहन दिएन ।’ उनले मंगलबार राति करिब ११ बजेतिर सासू झुलफुलदेवी र छिमेकी सासू पर्नेले जबरजस्ती गर्भपतनको औषधि खुवाएकी बताइन् ।

‘दुवै जनाले औषधि खुवाएपछि मोबाइल पनि खोजिहाल्दा कसैसँग समयमा सम्पर्क पनि गर्न सकिनँ,’ उनले थपिन्, ‘जसोतसो गरेर तीन घण्टापछि घरबाट निस्किएर छिमेकीसँग सहयोग मागे, असाध्यै पेट दुखिरहँदा छिमेकीकै सहयोगमा अस्पतालसम्म आएँ, तर बच्चा जोगाउन नसक्दा मर्नु न बाच्नु भइरहेको छ ।’

एक वर्षअघि उनका प्रेमी शिवजीले नै जोडबल गरेपछि दुवै जनाले कंकालिनी भगवती मन्दिरमा प्रेम विवाह गरेका थिए । तत्काल अलग–अलग बसेर पढाई पूरा भएपछि सँगै बस्ने उनीहरुबीच सहमति थियो । तर, चैतको पहिलो साता शिवजीले सनिशालाई आफ्नै घरमा राख्ने भन्दै घर लगे पनि शिवजीका बुवा परमेश्वर खंग र आमा झुलफुलदेवीले उनलाई बुहारी स्वीकार गर्न तयार भएनन् ।

१२ दिन उनकी दिदीको ससुराली (दौलतपुर) मा बसेकी बताउँदै सनिशाले त्यहाँ पनि दिल्ली लगेर गर्भपतन गराउने योजना बनाएपछि त्यहाँबाट भागेर घर फर्किएको बताइन् । तीन महिनाभन्दा बढी समयदेखि मागेरै गुजारा चलाउँदै आएकी सनिशालाई जबरजस्ती औषधि खुवाएर गर्भवतन गराउँदा उनी थप विच्चलीमा परेकी छन् । सनिशाले कक्षा १२ सम्म पढेर छाडेकी छन् । एसपी ढकेन्द्र खतिवडाले सनिशाका सासूससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब