उपेन्द्र यादव भन्छन्- खसीबोका बिक्न समय लाग्छ, सांसद बिक्न लाग्दैन

  • असार १, २०८२ | ५४९ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टि नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा फेरबदल आवश्यक रहेको र खर्चिलो प्रणाली फेरिनुपर्ने बताएका छन् । सांसद खरिदविक्रीले अस्थिरता आएकाले यसमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । 

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘ नेपालमा निर्वाचन प्रणाली’पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पार्टि वा उम्मेदवारले निर्वाचनमा खर्च गर्नुपर्ने अवस्था आउन दिन नहुने धारणा राखे । ‘बरु खसीबोकाको वेट लिन्छ, बिक्न समय लाग्छ । तर सांसदको त्यो पनि नहुने,’ उनले भने, ‘भारतीय नेताको घरमा त कसैलाई रिसोर्टमा र थाइल्यान्डमा राखेको पनि छ ।’ 

अस्थिरता नेपाली राजनीतिज्ञको मनमा रहेको भन्दै यादवले विषय विज्ञहरुलाई मन्त्री बनाउनुपर्ने बताए । सांसदहरुलाई मन्त्री बनाउने प्रवृत्तिले गर्दा सरकार टिक्न नसकेको उनको भनाइ थियो । राजा महेन्द्रको पालामा विकास हुनुको कारण विज्ञ मन्त्रीमण्डल रहेको भन्दै उनले सरकार परिवर्तनको लागि शासकीय स्वरुप पनि फेर्नुपर्ने उनको भनाइ थियो । अहिले व्यक्तिहरुको योग्यता र क्षमता बोझ हुन थालेको र चाकडी गर्नेले पद पाउने भएकाले यसमा परिवर्तन अपरिहार्य रहेको उनले बताए । 

‘सांसदलाई मन्त्री बनाउन छाडिदिनुस् । जति अस्थिरता भएको छ सबै मन्त्री बन्न भएको छ,’ उनले भने, ‘मैले भोगेको छु । आइज तँलाई मन्त्री बनाइदिन्छु भनेर न दल फुटेको हो । यहाँ प्रधानमन्त्रीले गर्वका साथ मैले सरकार जोगाउन पार्टि फुटाएको हो भनेर भाषण गर्छन् ।’ 

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई फरक फरक राखिनुपर्ने यादवको भनाइ थियो । संविधानमै राखेको कुरा पनि कार्यान्वयन नहुने देशमा मानसिकता नै फेर्नुपर्ने उनको भनाइ थियो । ‘फलानोलाई प्रधानमन्त्री नियुक्त गर भन्नुपर्ने देश हो यो । यस्तो कहिँ भएको छ?’ उनले भने । 

स्थानीय तहमा दलीय निर्वाचन हुन नहुने विषयमा नेपाली काँग्रेसले ०४७ सालमा प्रस्ताव राखेको तर कम्युनिस्ट दलले समर्थन नगरेको स्मरण गर्दै यादवले स्थानीय तहलाई विकासको एजेन्सीका रुपमा लानुपर्ने धारणा राखे । 

‘हाम्रोमा बहुमत त के भन्नु दुई तिहाइको सरकार त टिकेन । आफै फुट्यो । २००७ सालदेखि कुनै सरकारले कार्यकाल पूरा गरेको छैन,’ उनले भने, ‘यो राजनीतिक प्रणाली र नेतृत्वको मानसिकतमा भर पर्ने कुरा हो ।’ थाइल्यान्डमा सरकार परिवर्तन भइरहने भए पनि विकास भइरहेको उदाहरण दिँदै उनले नेपालमा दल र नेताको मानसिकता परिवर्तन हुनुपर्ने बताए । 

नेपालमा प्रधानमन्त्री र मन्त्री देशको नभइ निश्चित निर्वाचन क्षेत्रको मात्र हुने गरेको उनको भनाइ थियो । अहिले राजनीति लगानी र प्रतिफलजस्तो भइसकेको भन्दै उनले यसलाई पेसा वा व्यवसाय नभइ सेवा बनाउनुपर्ने बताए । यसका लागि पनि निर्वाचन प्रणाली फेर्नुपर्ने उनको भनाइ थियो । 

‘बल्ल बल्ल ६०–४० को रेसियोमा समानुपातिक ल्यायौँ । तर त्यसमा पनि उद्योगपति, व्यापारी कुन्नी के के पति भेट्न थाल्यौँ, यसले विकृति ल्यायो,’ यादवले भने । विश्वका ७१ देशमा पूर्ण समानुपातिक प्रणाली लागू भएको भन्दै उनले नेपालमा पनि दल र उम्मेदवारले खर्च गर्नु नपर्नेगरी निर्वाचन प्रणाली ल्याउनुपर्ने बताए ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब