ग्राहक ठग्ने बैंकलाई कारबाही हुनेछ : गभर्नर पौडल

  • असार ३, २०८२ | ५५१ पटक पढिएको | सीमा संदेश
alt

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडलले कुनै पनि बैंकले ग्राहकलाई ठगि गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाममा सोमबार नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुसंग छलफल गर्दै गभर्नर डा. पौडेलले ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न वहानामा ठगि गरेको पाइए सो बैंकलाई बिना कुनै छुठ तुरुन्त कारबाही गर्ने चेतावनी दिए ।

धनुषाका व्यापारीहरुले विगतमा बैंकहरुले धित्तो राखी ऋण लिएका ऋणीहरुलाई विभिन्न जटिल परिस्थिती उत्पन्न गरी बैंकले धित्तो निलाम गरेको गुनासो गरेपछि गभर्नर डां पौडेलले यस्तो निर्देशन दिए ।

सो छलफलमा धनुषाका व्यवसायीहरुले कम रकमको ऋण लिन आउने साना व्यवपारी तथा किसानलाई बैंकले वास्ता नगर्ने गरेको गुनासो पोखेका थिए । सो कुरामा गभर्नर डा. पौडेलले गम्भीरता जनाउँदै बैंकहरुलाई जोसुकै ऋण लिन आउने ग्राहकलाई स–सम्मान व्यवहार गर्न निर्देशन दिए । उनले बैंकहरुलाई ऋण लिन आउने जोसुकैसंग राम्ररी व्यवहार गर्न र ग्रामिण भेगका किसान र अशिक्षित ग्राहकहरुका लागि विशेष दोभाषे बैंकमा व्यवस्था गर्न निर्देशन दिए ।

सो छलफलका क्रममा मिटरब्याजका समस्या न्युनीकरण गर्न सरकारले अपनाएका कदमहरु राम्रो भए पनि ग्रामीण भेगमा बसोबास गर्ने गरिब जनताहरुलाई विवाह भोज भतेरका लागि ऋण पाउन झनै गाह«ो भएको निष्कर्ष निकालिएकोमा गभर्नर डा. पौडेलले यसको समाधानका लागि सरकारले थप नीति बनाउन आवश्यक रहेको धारणा राखे । सो छलफलमा बैंकहरुका प्रतिनिधिहरुले मधेश प्रदेशमा ऋण लिनेको संख्या भन्दा ऋण लिएर तिर्न नसक्नेको संख्या बढी भएको गुनासो गरेका थिए ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब