इरानमा रहेका तीन न्युक्लियर साइटहरूमा अमेरिकी आक्रमण

  • असार ८, २०८२ | ३९० पटक पढिएको | सीमा संदेश
alt

अमेरिकाले इरानमा रहेका तीन न्युक्लियर साइटहरूमा आक्रमण गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्डो, नटान्ज र एस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको पुष्टि गरेका छन् ।  इरानमा पूर्ण भारका बमहरू खसालेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भने, 'विश्वमा अर्को कुनै सेना यो गर्न सक्दैन ।'

उनले भने, 'हामीले इरानमा रहेका तीन न्युक्लियर साइटहरूमा हाम्रो धेरै सफल आक्रमण पूरा गरेका छौं, जसमा फोर्डो, नातान्ज र एस्फहान समावेश छन्। सबै विमानहरू हाल इरानको हवाई क्षेत्र बाहिर छन्। प्राथमिक साइट, फोर्डोमा पूर्ण भारको बमहरू खसालिएको छ। सबै विमानहरू सुरक्षित रूपमा घर फर्कने बाटोमा छन्। हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई। विश्वमा अर्को कुनै सेना यो गर्न सक्दैन। अब शान्तिको समय हो !'

इरानका विदेशमन्त्री आवास अराघचीले इजरायल–इरान द्वन्द्वमा अमेरिकाको संलग्नता ‘खतरनाक’ हुने चेतावनी दिएका थिए । दुई देशबिचको युद्ध थप चर्किरहकै वेला विदेशमन्त्रीको चेतावनीलाई वेवास्ता गर्दै आज बिहान अमेरिकाले इरानमाथि बम हमला गरेको हो ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब