इरानमा सत्ता परिवर्तनको संकेत, ट्रम्पले भने– सत्ता परिवर्तन नहुनुपर्ने कारण के छ ?

  • असार ९, २०८२ | ५४५ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमा सत्ता परिवर्तनको संकेत गरेका छन् ।

ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा पोष्ट गर्दै लेखे, “सत्ता परिवर्तन भन्नु राजनीतिक रूपमा उचित मानिँदैन । तर, वर्तमान इरानी सरकारले इरानलाई पुनः महान बनाउन सक्दैन भने सत्ता परिवर्तन नहुनुपर्ने कारण के छ ? मेक इरान ग्रेट अगेन ।”

यद्यपि, आइतबार भएको पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानको आणविक केन्द्रहरूमाथिको हमला सत्ता परिवर्तनका लागि नभएको बताएका थिए ।

उनले भनेका थिए, “यो मिसन सत्ता परिवर्तनका लागि थिएन र अहिले पनि त्यस्तो कुनै उद्देश्य छैन ।” 

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि आइतबार एबीसी न्यूजसँग अमेरिकाले इरानमा सत्ता परिवर्तन नचाहेको तर इरानको आणविक कार्यक्रमलाई समाप्त गर्न चाहेको बताएका थिए ।

अमेरिकाले आइतबार इरानका तीन आणविक केन्द्रहरू फोर्डो, नतान्ज र इस्फहानमा हमला गरेको थियो ।

इरानी अधिकारीहरूले तीन आणविक केन्द्रहरूलाई निशाना बनाइएको पुष्टि गरेका थिए । यद्यपि, उनीहरूले यी हमलाबाट कुनै ठूलो क्षति भएको दाबीलाई खारेज गरेका थिए । सीएनएन

असोज २४ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । ...

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब