इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

  • असार १०, २०८२ | ३४३ पटक पढिएको | सीमा संदेश
alt

इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू तयार रहेको इरानले बताएको छ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले यदि इजरायलले आफ्नो 'अवैध आक्रमण' तत्काल रोकेमा इरानले पनि आफ्नो जवाफी कारबाही रोक्ने उल्लेख गरेका छन्। 

उनले यो कुरा सामाजिक सञ्जाल एक्स एक्स मार्फत सार्वजनिक गरेका हुन्। अराघचीले इजरायललाई स्थानीय समयअनुसार बिहान ४ बजेसम्म आक्रमण रोक्न समयसीमा दिएका थिए, जुन समय भर्खरै बितेको छ।

आफ्नो पोस्टमा उनले लेखेका छन्–'इरानले बारम्बार स्पष्ट पारेको छस् युद्धको सुरुवात इजरायलले गरेको हो, इरानले होइन। अहिलेसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाही रोक्ने विषयमा कुनै सहमति भएको छैन। यद्यपि, यदि इजरायली शासनले तेहरान समयअनुसार बिहान ४ बजेभित्र आफ्नो अवैध आक्रमण रोकेको खण्डमा, हामीले त्यसपछि जवाफी कारबाही जारी राख्ने कुनै मनसाय राखेका छैनौँ। हाम्रो सैन्य कारबाही रोक्ने अन्तिम निर्णय पछि लिइनेछ।'

यो भनाइले इरानले स्थितिलाई थप तनावपूर्ण हुनबाट रोक्न चाहेको संकेत दिएको छ, तर अन्तिम निर्णय अझै हुन बाँकी रहेको स्पष्ट पारेको छ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब