पाकिस्तानमा बसबाट ओरालेर ९ जना पन्जाबका यात्रुलाई गोली हानियो

  • असार २७, २०८२ | ५२३ पटक पढिएको | सीमा संदेश
alt

पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले नौ यात्रुलाई बसबाट ओरालेर मारेका छन्।

बलुचिस्तानको राजधानी क्वेटाबाट पन्जाब जाँदै गरेका दुईवटा बसमा रहेका यात्रुहरूलाई गोली हानेर मारिएको हो।

बीबीसी उर्दुका अनुसार, झोबका सहायक आयुक्त नवीद आलमले नौ यात्रुको मृत्यु पुष्टि गरेका छन्। उनले मृतकहरूको शव पन्जाब पठाउने व्यवस्था गरिएको बताएका छन्।

सरकारी अधिकारीहरूका अनुसार अज्ञात बन्दुकधारीहरूले बिहीबार साँझ सडकअवरुद्ध गरेको क्षेत्रमा बसबाट यात्रुलाई निकालेर हत्या गरेका हुन्।

यसैबीच बलुचिस्तान सरकारका प्रवक्ता साहिद रिदले विज्ञप्तिमा भनेका छन्, “आतंककारीहरूले कलात, मस्तुङ र झोबमा आक्रमण गरेका छन्।”

उनले अगाडि भनेका छन्, “सुरक्षा बलले तीनै ठाउँमा तुरुन्तै कारबाही गरेको छ। हामी जनताको सुरक्षाको लागि पूर्ण रूपमा सतर्क छौँ।”

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब