सुटिङका क्रममा घाइते भए शाहरुख

  • साउन ४, २०८२ | ४९३ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘किङ्ग’ को सुटिङका क्रममा घाइते भएका छन्। मुम्बईको गोल्डन टोबैको स्टुडियोमा एक एक्सन सिन खिच्दै गर्दा उनी घाइते भएका हुन्।

बलिउड हंगामाले स्रोतको हवाला दिँदै जानकारी दिएको अनुसार, शाहरुखलाई कहिले र कहाँ चोट लाग्यो भन्ने विवरण स्पष्ट भइनसकेको भए पनि उनी हाल अमेरिकामा उपचार गराइरहेका छन्। स्रोतका अनुसार, मांसपेशीमा चोटका कारण शाहरुखको सर्जरी गरिएको छ र चिकित्सकहरूले उनलाई कम्तीमा एक महिनाको आराम गर्न सल्लाह दिएका छन्।

फिल्म 'किङ्ग'को सुटिङ अब सेप्टेम्बर वा अक्टोबरमा मात्र सुरु हुने बताइएको छ, जब शाहरुख पूरै निको हुनेछन्। जुलाई–अगस्ट महिनामा फिल्म सिटी, गोल्डन टोबैको स्टुडियो र वाईआरएफ स्टुडियोमा तय गरिएको सुटिङ कार्यक्रम रद्द गरिएको छ।

फिल्म 'किङ्ग'को छायांकन भारत र युरोपका विभिन्न स्थानमा गरिने छ। हालका लागि निर्माण टिमले नयाँ सुटिङ मितिको प्रतीक्षा गरिरहेको छ।

सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘किङ्ग’ सन् २०२६ मा प्रदर्शनमा आउने योजना छ। फिल्ममा शाहरुखसँगै उनकी छोरी सुहाना खान, दीपिका पादुकोण, अभिषेक बच्चन, रानी मुखर्जी र अनिल कपूरजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।

शाहरुख हालैका वर्षमा ‘पठान’, ‘जवान’ र ‘डंकी’ जस्ता फिल्ममा देखिएका थिए।

शाहरुखको करिअरमा घाइते भएको घटना नयाँ होइन। 'कोयला' फिल्मको सुटिङका बेला उनको घुँडामा लागेको चोट, 'रा.वन' फिल्मको समयमा गम्भीर बनेको थियो। त्यसपछि उनले शल्यक्रिया गराएका थिए। तर, पीडा कायम रहँदा अन्ततः उनले आर्थोस्कोपिक सर्जरीसमेत गराएका थिए।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब