मोर्चाबाट जनमत आउट !

  • साउन १३, २०८२ | ४२६ पटक पढिएको | सीमा संदेश
alt

संघीय लोकतान्त्रिक मोर्चाको बैठकबाट जनमत पार्टीले बखेडा झिक्दै बाहिरिएको छ । मोर्चाको बैठकबाट भएको निर्णयमा पनि जनमतलाई कुनै किसिमको जिम्मेवारी दिइएको छैन ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको मोर्चाको बैठक तीन वटा निर्णय गरिएको निर्णयमा जनमतको जिम्मेवारीबारे उल्लेख गरिएको छैन ।

सो बैठकले तराई मधेशका सुक्खाग्रस्त, संकटग्रस्त क्षेत्रका किसानहरूलाई कृषि ऋणमा छुटका साथै तत्काल खानेपानीको समुचित व्यवस्था र सिँचाइका लागि डिपबेल बोरिङको व्यवस्था गर्न सरकारसँग माग समेत गरेको छ । त्यस्तै दीर्घकालीन रूपमा यस्तो संकटबाट जोगाउन चुरे वन क्षेत्रको संरक्षण र जलाशय निर्माणका साथै पर्यावरण संकटबाट तराई मधेशका जनताहरूलाई जोगाउन ठोस उपायहरू अवलम्बन गर्न समेत सरकारलाई आग्रह गरिएको छ ।

उक्त सुख्खाग्रस्त क्षेत्रका किसानहरूको आगामी फसलको लागि कृषि ऋण, मलखाद, सिचाइ, बीउ बिजन, कीटनाशक औषधि उपलब्ध गराउनु पर्ने र यस क्षेत्रमा किसानहरूलाई उपरोक्त सामग्रीहरू सहित विशेष सहुलियत स्वरूप अनुदान पनि उपलब्ध गराउन मोर्चाको बैठकले माग गरेको छ ।

अधिकार र पहिचान पक्षधर पार्टीहरूसँग मोर्चाको सहकार्य गर्ने नीति तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीलाई पहिलो चरणमा संवाद गर्ने निर्णय गरिएको छ ।

मार्चाको बैठकले यसअघि तय गरिएका विभिन्न जिल्लाका कार्यक्रमहरूको समन्वय मोर्चामा आवद्ध विभिन्न पार्टीहरूले गर्ने निर्णय समेत गरेको छ । यही साउन १८ गते काठमाण्डुमा हुने कार्यक्रम संयुक्त रूपमा गरिने भएको छ । त्यस्तै साउन २१ गते भैरहवा हुने कार्यक्रमको समन्वय नागरिक उन्मुक्ति पार्टीले गर्ने निर्णय गरिएको छ ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब