सामाजिक कुप्रथा देउकीको विषयमा आधारित फिल्म मोहरको ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरले देउकी प्रथामाथि गहिरो प्रश्न उठाउँदै प्रेम, विछोड र बदलाको भावनात्मक र सस्पेन्सयुक्त कथा प्रस्तुत गरेको छ। ट्रेलरमा प्रस्तुत पल शाहको बेनिशा हमाल र नीति शाहसँगको सम्बन्धले कथालाई अझ गहिरो बनाएको छ। एउटी बालिकालाई देउकी चढाउने प्रसंगबाट शुरु हुने ट्रेलर अनेक आरोह–अवरोह पार गर्दै अगाडि बढ्छ। ट्रेलरले फिल्मप्रतिको दर्शकको उत्साह बढाएको छ। फिल्मको ट्रेलर सार्वजनिक भएको २४ घण्टामै ओएसआर डिजिटल युट्युब च्यानलले ४ लाख ५० हजारभन्दा बढी भ्युज प्राप्त भएको थियो भने हालसम्म झन्डै १० लाख भ्युज प्राप्त गरेको छ। ट्रेलरले नेपालसहित मलेसिया, जापान, यूएई र कतारका युट्युब ट्रेन्डिङमा समेत प्रवेश पाएको छ।

सस्पेन्स, थ्रिलर, प्रेम र बदलाको कथामा निर्माण गरिएको फिल्म साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ। फिल्म मेकर्स प्रालिको ब्यानरमा चुम्बनजंग शाहीद्वारा निर्मित फिल्ममा लेखन तथा निर्देशन ओम प्रतिकको रहेको छ। अभिनेता पल शाह, नायिकाद्वय बेनिशा हमाल र नीति शाहसँगै लक्ष्मी गिरी, अर्जुनजंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, सुशील देवकोटा, मिस पबी, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा, नवीन खतिवडा, अर्जुन आचार्य, बाल कलाकार सारा शर्मालगायतका कलाकारले अभिनय गरेको फिल्ममा संगीत सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगी, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, एक्सन निर्देशन कुमार महर्जनले गरेका छन्।
छायांकन निर्देशन दीपेन बस्न्यात र सम्पादन भूपेन्द्र अधिकारीको रहेको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved