फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर उपमेयरमाथि वडाध्यक्षले गरे हातपात प्रयास

  • साउन १६, २०८२ | ७२६ पटक पढिएको | सीमा संदेश
alt

विराटनगर । बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख नगेन्द्र प्रसाद सङग्रौलाल्लाई वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीले हातपातको प्रयास गरेको घटनाको एमालेले विरोध गरेको छ ।

कार्कीले हिजो अपरिचित व्यक्तिहरुको समूह लिएर हुलहुज्जत गर्दै गालीगलौच र अभद्र व्यवहार सहित हातपातको प्रयास गरेका थिए ।

उपप्रमुख संग्रौलाले वडाध्यक्ष कार्कीबारे सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेको विषयले दुई पक्षबीच विवाद भएको थियो । कमेन्टमा चित्त नबुझेपछि वडाध्यक्ष कार्की उपप्रमुख संग्रौलामाथि खनिएका थिए ।

बुधबार दिउँसो १ बजे नगर उपप्रमुखको कार्यकक्षमा मेलमिलाप कर्ताहरुको वार्षिक समिक्षा बैठक चलिरहेको अवस्थामा वडा नं.८ का वडाअध्यक्ष अजय कार्कीको नेतृत्वमा २५-३० जनाको समूह प्रवेश गरी फेसबुकमा लेखेको विषयलाई लिएर नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलामाथि गाली गलौज, अभद्र व्यवहार गरेका थिए ।

नेकपा एमालेले उक्त विवादलाई अन्त्य गरि मेलमिलाप गर्न गराउन बसेको कार्यपालिकाको बैठकमा वडा नं.८ का वडाअध्यक्ष अजय कार्की अनुपस्थित हुनु भएको हुँदा दुवै पक्षबीच भएका व्यक्तिगत मतभेद र लाञ्छनालाई आपसी मेलमिलापबाट निवारण गर्न माग गरेको छ ।

आज बिबिज्ञप्ती जारी गर्दै उक्त विषयमा अन्याय भएको महसुस भएमा दुबै पक्षलाई कानूनी उपचार खोज्ने विकल्प खुल्ला रहेको बताएको छ ।

एमालेले कार्यपालिकाले व्यक्तिगत अफवाह फैलाउने, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने जस्ता कार्य पूर्णत बन्द गर्न जनप्रतिनिधि लगायत सबैमा आह्वान गर्दै आफ्नो मान मर्यादा कायम गर्न र आचारसहिंता पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब