भारतलाई ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको चेतावनी

  • साउन २२, २०८२ | ५८८ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ५० प्रतिशतसम्म भन्सार लगाउने चेतावनी दिएका छन्।

यसअघि भारतका लागि ट्रम्पले घोषणा गरेका २५ प्रतिशत भन्सार शुल्क बिहीबारदेखि लागु हुनेछ। भारतले ट्रम्पको चेतावनीका बाबजुद रूसबाट तेल खरिद जारी राखेपछि अमेरिकाले उसलाई उच्च भन्सार लगाएको हो।

तेल खरिद जारी राखे भन्सार दर बढाएर ५० प्रतिशत पुर्‍याउने ट्रम्पले चेतावनी दिएको भनेर अमेरिकी मिडिया सिएनएनले लेखेको छ।

थप गरिएको २५ प्रतिशत गरी कुल ५० प्रतिशत भन्सार २१ दिनपछि लागु हुने जनाएको छ।

भारत अहिले पनि सिधै वा घुमाएर रूसी तेल आयात गरिरहेको छ। यस्तो अवस्थामा थप २५ प्रतिशत भन्सार लगाउनु जरुरी र उचित छ, ह्वाइट हाउसले सार्वजनिक गरेको आदेशमा भनिएको छ।

ट्रम्पले यसअघि नै आफ्नो ट्रुथ सोसल अकाउन्ट पोस्ट लेखेर भारतले रूसलाई युक्रेनविरूद्ध लड्न आर्थिक सहायता गरेको आरोप लगाएका थिए।

उनले युक्रेनमा कति मानिस मरिरहेका छन् भन्ने कुरा भारतलाई मतलब नभएको प्रतिक्रिया दिएका थिए।

भारतले रूसी तेल मात्र किनिरहेको छैन, त्यो तेल फेरि खुला बजारमा बेचेर ठूलो नाफा पनि कमाइरहेको छ। यिनीहरूलाई युक्रेनमा कति मानिस मरे त्यसको मतलब छैन,’ उनले भनेका छन्।

भारतजस्ता देशहरूकै कारण रूसजस्ता देशहरू बलियो भएको बताउँदै ट्रम्पले अब अमेरिका चुप नबस्नेसमेत भनेका थिए।

भारतले भने रुसबाट तेल आयात गर्नु आफ्नो राष्ट्रिय आवश्यकता भएको स्पष्ट पारेको छ।

हामीले पहिल्यै बताइसकेका छौं, हाम्रो तेल आयात बजारको अवस्थामाथि निर्भर गर्छ। १.४ अर्ब जनतालाई ऊर्जा सुरक्षा दिनु हाम्रो प्राथमिकता हो,भारतको परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा थप भनिएको छ, अमेरिकाले यस्तो कदम चाल्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो। यस्ता क्रियाकलाप अरू देशहरूले पनि गरिरहेका छन्। भारतले आफ्नो राष्ट्रिय हित जोगाउन आवश्यक सबै कदम चाल्नेछ।

ट्रम्पको निर्णयले भारत–अमेरिका व्यापारमा गहिरो असर पार्ने अनुमान गरिएको छ। अमेरिकी वाणिज्य विभागका अनुसार सन् २०२४ मा भारतले अमेरिका निर्यात गरेका सामानको कुल मूल्य ८७ अर्ब डलर थियो भने भारतले अमेरिकाबाट ४२ अर्ब डलरको सामान आयात गरेको थियो।

भारतबाट अमेरिका जाने प्रमुख वस्तुहरूमा औषधि, मोबाइल जस्ता सञ्चार उपकरण र कपडाहरू पर्छन्। यद्यपि आइफोन जस्ता स्मार्टफोनहरू भने यस भन्सार निर्णयको दायरामा पर्दैनन्।

भारतले पनि यदि बदला स्वरूप अमेरिकी सामानमा भन्सार बढाउने निर्णय लियो भने अमेरिका निर्यात गर्ने गर्ने तेल–ग्यास, रसायन र हवाई उपकरण उत्पादन उद्योगमा असर पर्ने देखिएको छ ।

ट्रम्पको पछिल्लो आदेश ह्वाइट हाउसको वेबसाइटमा सार्वजनिक गरिएको छ।

यो आदेश आउनु केही घण्टाअघि ट्रम्पका विदेश मामिलाका दूत स्टिभ विटकोफले मस्कोमा रूसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब