सिरहा नगरपालिकाको बजेट १ अर्ब ३ करोड २५ लाख, राम्रो कार्य गर्ने जनप्रतिनिधिलाई पुरस्कारको घोषणा

  • साउन ३०, २०८२ | ७६५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ३० साउन । सिरहा नगरपालिकाले आ.व. २०८२/०८३ को नगरसभाबाट रु. १ अर्ब ३ करोड ६ सय ७६ रुपैयाँको बजेट सार्वजनिक गरको छ ।   स्थानीय संचालन ऐन, २०७४ को अनुसार असार १० गते बजेट सार्वजनिक गरिसक्नु व्यवस्था रहेको छ । तर पालिकाको आन्तरिक तयारीका कारण ढिलो भएपनि सैद्धन्तिक रुपमा बजेट व्यवस्थापन तथा कार्यन्वयन पक्षमाथि दफावार छलफल गरी जनप्रतिनिधिहरुबाट जनप्रिय योजनाहरु नगरसभामा समावेश गरिएको प्रशासकीय अधिकृत बलिराम यादबले बताए ।

चालू आ.व. को बजेट शहरी पूर्वाधारको निर्माण, सडक संजाल निर्माण, शैक्षिक क्षेत्र सुधार र कृषिलाई पहिलो प्राथमिकता साथ सम्पूर्ण क्षेत्रलाई विकास गर्ने गरी बजेट ल्याइएको अधिकृत यादबले बताए ।

नवौँ नगरसभाले बजेटको आम्दनी तर्फ वित्तिय समानीकरण संघ सरकार रु. १७ करोड ९६ लाख, सशर्त अनुदान रु.४४ करोड ३४ लाख, सशर्त अनुदान पूँजिगत रु. १ करोड ४० लाख, विशेष अनुदान रु.२ करोड ६८ लाख, सम्पुरक चालु अनुदान रु. १ करोड ५६ लाख, राजस्व वाँडफाँड संघ सरकार रु.१५ करोड २६ लाख ९५ हजार २१७, राजस्व वाँडफाँड प्रदेश सरकार रु. ९० लाख, समानिकरण प्रदेश सरकार रु.१ करोड २६ लाख ९२ हजार, विशेष अनुदान प्रदेश सरकार रु.३० लाख, सम्पुरक अनुदान प्रदेश सरकार रु.३० लाख, अन्य आय रु.१३ करोड ६४ लाख ३६ हजार ३ रुपैँयाँ र आन्तरिक आय रु.३ करोड ६३ लाख ४४ हजार ३ सय ८० रुपँैया रहेको छ ।

त्यसैगरी बजेट खर्च तर्फ  चालू खर्च रु.१८ करोड ६२ लाख ६७ हजार ६ सय, मर्मत सम्भार कोष रु. १० लाख, वातावरण कोष रु.१० लाख, प्रकोप व्यवस्थापन कोष रु.२५लाख, सडक बोर्ड नेपाल रु.२३ लाख ४४ हजार ३ सय ८०, तराई मधेश समृद्धि रु.१५ लाख, सिरहा हटिया रु.५६ लाख, कार्यपालिका भवन रु. १ करोड, अन्य साझेदारी अनुदान तर्फ आर. सि.सि.ढलान रु.१ करोड २५ लाख, सशर्त अनुदान चालु रु.४४ करोड ३४ लाख, सशर्त अनुदान पूँजिगत रु.१ करोड ४० लाख, विशेष अनुदान चालु रु.२ करोड ६८ लाख, सम्पुर चालु अनुदान रु.१ करोड ५६ लाख, विशेष अनुदान रु.३० लाख, सम्परक अनुदान रु.३० लाख,  विषयगत शाखा तर्फ अनुदान रु. १ करोड, न्यायिक समिति रु.१५ लाख, कानूनी परामर्श सेवा रु.५लाख, बारुणयन्त्र संचालन खर्च रु.२०लाख, वडास्तरीय चालु खर्च रु.२ करोड २० लाख, वडास्तरीय योजनाहरु रु.११ करोड, नगरस्तरीय योजनाहरु रु. ५ करोड २५ लाख, गत वर्षको भुक्तानी दिन वाँकी रु.९ करोड ७५ लाख ५५ हजार ५ सय ६२ र कार्यपालिका सदस्याहरु विनियोजन रु८० लाख रहेको बजेट प्रस्तुत प्रमुख प्रशासकीय अधिकृत मो. इद्रिश राईनले गर्नु भयो।

नगरसभा ढिलै भएपनि सहज तथा शन्तिपूर्ण तरीकाले उर्जवान जनप्रतिनिधिहरुले देखाएका आत्मबलको सिरहा नगरपालिका प्रमुख मेयर डा. नवीन कुमार यादबले खुलेर प्रसंशा गरे । गत वर्षको १ सया ५० कार्य गरेको भन्दै नगर प्रमुख मेयर डा. यादबले चालू आ.व.मा राम्रो कार्य सम्पादन गर्ने जनप्रतिनिधिलाई पुरस्कृत गर्ने  घोषण गरको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब