अनुमति बिनाका आफ्नो तस्बिर प्रयोग गर्ने ब्रान्डलाई सोनाक्षीको चेतावनी

  • भदौ १९, २०८२ | ५१६ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । अभिनेत्री सोनाक्षी सिन्हाले हालै केही ब्रान्डप्रति आक्रोश व्यक्त गरेकी छिन्। उनीहरूले अभिनेत्रीको अनुमतिबिना नै आफ्नो आधिकारिक वेबसाइटमा उनका तस्बिर प्रयोग गरिरहेको भन्दै उनले आपत्ति जनाएकी हुन्। 

सोनाक्षीले आफ्ना तस्बिरहरू तत्काल हटाउन वा कारबाही भोग्न तयार रहन चेतावनी दिएकी छन्। इन्स्टाग्राममा एक पोस्ट लेख्दै सोनाक्षीले भनेकी छिन्, ‘म प्रायः अनलाइन सपिङ गर्छु र मैले केही ब्रान्डको वेबसाइटमा अनुमतिबिना नै मेरा तस्बिरहरू देखेकी छु। जब कुनै कलाकारले तपाईँहरूको पहिरन वा गहना लगाउँछ, तब तपाईंहरूले ब्रान्डको क्रेडिट दिँदै पोस्ट गर्नुहुन्छ। तर तिनै तस्बिरलाई तपाईंको आधिकारिक वेबसाइटमा राख्नु चाहिँ धेरै भयो।’

उनले अगाडि लेखेकी छिन्, ‘मेरो तस्बिरहरू हटाउनुहोस्, नत्र म सार्वजनिक रूपमा कारबाही गर्न थाल्छु। वा मलाई मेरो बिल कहाँ पठाउने हो, बताउनुहोस्। निर्णय तपाईंको।’

सोनाक्षीको यो पोस्टलाई अभिनेत्री तब्बूले पनि रि-पोस्ट गर्दै ‘धन्यवाद सोनाक्षी, मेरो पनि यही सोच छ’ भनेर लेखेकी छिन्। यसमा सोनाक्षीले जवाफ दिँदै ‘मलाई थाहा थियो कि यो सोच्ने म एक्लो छैन’ भनेर लेखेकी थिइन्।

सोनाक्षी सिन्हा यसै वर्ष जुलाईमा रिलिज भएको मिस्ट्री हरर फिल्म ‘निकिता रोय’ मा देखिएकी थिइन्। फिल्ममा उनीसँगै परेश रावल र अर्जुन रामपाल पनि मुख्य भूमिकामा थिए।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब