सिरहामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

  • भदौ २४, २०८२ | ३३१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी जिल्लाका चारवटा नगरपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी आदेशअनुसार, मिरचैया, गोलबजार, लहान र सिरहा नगरपालिकाका तोकिएका सीमाभित्र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन वा सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यो आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले जनाएको छ।

कर्फ्यु लगाइएका क्षेत्रहरू:

  • मिरचैया नगरपालिका: चोहर्वादेखि मलहनियाँसम्म, र फुलवरिया चोकदेखि बलुवा टोलसम्म।
  • गोलबजार नगरपालिका: गागन पुलदेखि पुरानो चोहर्वासम्म, र सैनिक चोकदेखि कसहा कालाबन्जर सडकसम्म।
  • लहान नगरपालिका: वलान पुलदेखि भोटिया टोलसम्म, र खुट्टी खोलादेखि कसहा कालाबन्जर सडकसम्म।
  • सिरहा नगरपालिका: शिव चोकदेखि बसपिट्टासम्म, र गुलरिया चोकदेखि मखनाहा चोकसम्म।

कर्फ्युको अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरू, जस्तै एम्बुलेन्स, दमकल, शववहान, र स्वास्थ्यकर्मीका गाडीहरूलाई भने आवतजावतमा छुट दिइएको छ। साथै, सञ्चारकर्मी, पर्यटक, मानव अधिकारकर्मी र कूटनीतिक नियोगका सवारी साधनहरूलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने विज्ञप्तिमा उल्लेख छ।

whatsapp-image-2025-09-09-at-13.03.32_eede75d1_E1j0g3XgOj

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब