सिरहाका ७ वटा सरकारी कार्यालयमा आगजनी

  • भदौ २४, २०८२ | ४७७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा , जेनजी आन्दोलनकारीले सिरहाका सरकारी अड्डाहरूमा आगजनी गरेका छन् । मंगलबार बिहानैदेखि सडक केन्द्रित आन्दोलन गरिरहेका उनीहरू दिउँसोबाट सरकारी कार्यालय तोडफोड र आगजनीमा उत्रिएका हुन् ।

सिरहा प्रहरीका अनुसार लहान नगरपालिका, गोलबजार नगरपालिका , कल्याणपुर नगरपालिका, लहानस्थित आन्तरिक राजस्व कार्यालय, घरेलु कार्यालय, बिष्णुपुर गाउँपालिका, डिभिजन वन कार्यालयलगायतमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् ।

जेनजीको आन्दोलन चर्किँदै गएपछि सिरहा प्रशासनले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाले मंगलबार सूचना जारी गरी जिल्लाका विभिन्न स्थानमा कर्फ्यू लगाएको हो ।

मंगलबार दिउँसो १ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।

अधिकारीका अनुसार लहानसहित गोलबजार, मिर्चैया, सिरहा र आसपासका क्षेत्रमामा कर्फ्यू लगाइएको हो । जेनजी आन्दोलनकारीले जिल्लाका विभिन्न स्थानमा बजार र राजमार्ग बन्द गर्दै प्रदर्शन गरिरहेका छन् ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब