आजदेखि स्थानीय तह र विद्यालय सञ्चालन हुने

  • भदौ २९, २०८२ | ३७१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । जेनजी आन्दोलनका कारण लगाइएको कर्फ्यू र निषेधाज्ञा हटेसँगै आजदेखि स्थानीय तहको सेवा र विद्यालय सञ्चालन हुने भएका छन् ।

शनिबारदेखि नै जनजीवन सामान्य बनेकोले जादेखि स्थानीय तहको सेवाका साथै विद्यालयहरु सञ्चालन गर्न लागिएको हो ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ ।

क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थान खोजेर अत्यावश्यक सेवा अघि बढाउन भनिएको छ । सिंहदरबारभित्रका कार्यालयहरू पनि वैकल्पिक व्यस्थापन गरेर काम गरिने मन्त्रालयले जनाएको छ ।

स्थानीय तह र जिल्ला प्रशासनबाट सबैभन्दा धेरै स्थानीयका सेवाहरू सञ्चालन हुने गरेका छन् । सर्वसाधारणका अत्यावश्यक कामहरू रोकिएका थिए । मन्त्रालयले क्षतिग्रस्त कार्यालयहरुको विवरण पनि संकलन गरेर पठाउन भनेको छ ।

शिक्षा मन्त्रालयले पनि स्थिति सामान्य भएकाले आइतबारदेखि नै विद्यालयहरू खोल्न निर्देशन दिइसकेको छ ।

विद्यालय स्थानीय तहमा अन्तर्गत पर्ने भएकाले सम्बन्धित पालिकाहरूले स्थिति अनुसार विद्यालयलाई जानकारी गराउने छन् ।

आन्दोलनका कारण केही दिन देश नै ठप्प भएको थियो । अपुरणीय मानवीय र भौतिक क्षति भएको छ । आन्दोलनपछि सरकार ढलेको छ । अन्तरिक सरकारको प्रधानमन्त्री नियक्त भएपछि सुशीला कार्कीले संसद विघटन गरिसकेकी छन् ।

 

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब