कांग्रेस–एमालेको फन्दामा मुख्यमन्त्री सिंह ! सरकारमा मन्त्री रहेकाहरुको समर्थन, मार्ग प्रशस्त गर्न दबाब

  • असोज ३, २०८२ | ५८४ पटक पढिएको | सीमा संदेश
alt

जेन–जी आन्दोलनको दबाबमा सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामा घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले लोकतान्त्रिक मूल्य र मान्यतालाई लत्याएका छन् । सत्ता साझेदार दलहरु मध्ये नेपाली कांग्रेस पर्ख र हेरको नीतिमा देखिए पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले राजीनामा गर्न मुख्यमन्त्री सिंहलाई सुझाव दिएको छ ।

एमालेका प्रमुख सचेतक हरिनारायण महतोले पनि संघीयतालाई कमजोर बनाउने काम मुख्यमन्त्री सिंहबाट भइरहेको बताउँदै राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । तर नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मधेश प्रदेशका सभापति कृष्णा कुमार यादवले गठबन्धनको धर्म अनुसार सरकारबाट समर्थन फिर्ता नलिएको बताए ।

जनमत पार्टीमा देखिएको विवादलाई सुल्झाउने जिम्मेवारी सो पार्टीको नै भएको बताउँदै उनले भने, हामी अहिले जनमतको निर्णय नै कुरेका छाँ । कांग्रेसको तर्फबाट रहेका मन्त्रीहरुले कामकाजमा फर्किसकेका छन् । उनीहरु मन्त्रालयबाट काम थालेको बताइन्छ । स्रोतका अनुसार मन्त्रीहरुले मुख्यमन्त्रीलाई समर्थन गरिरहेका छन् । उनीहरुले संघीयताको सवालमा मुख्यमन्त्री सिंहलाई समर्थन गर्ने बताउन थालेका छन् ।

सरकारबाट जनमत पार्टीका दुई जना मन्त्री सञ्जय यादव र बसन्त कुशवाहा फिर्ता भइसकेका छन् । तर कुशवाहाले जेनजीको नेतृत्वमा सरकार बनाउन आप्mनो फेसबुकमा स्टेटस लेखेपछि विवादमा परेका छन् । उनको धारणालाई जनमतका अध्यक्ष सीके राउतले निजी विचार बताएका छन् ।

सिंह नेतृत्वको सरकारले बनाएको बजेटमा नै व्यापक अनियमितता गर्ने ठाउँ राखेकाले सरकारमा रहेका एमाले र कांग्रेसका मन्त्रीहरु मुख्यमन्त्रीलाई समर्थन गरिरहेको जनमत पार्टीका एकजना सांसदले बताए । मधेश प्रदेश सभालाई अवरोध गर्दै आएका विपक्षी दलहरुले सदन चलाउन सभामुख रामचन्द्र मण्डलमाथि दबाब बनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी(जसपा) नेपालका नेता सरोज कुमार यादवको नेतृत्वमा बिहीबार विपक्षी दलका नेताहरुले सभामुख मण्डललाई भेटेर प्रदेश सभाको बैठक पाल टाँगेर भएपनि सञ्चालन गर्न आग्रह गरेका छन् । विपक्षी दलहरुले मुख्यमन्त्री सिंह र अर्थमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गरेकाले सत्तापक्षको दबाबमा सभामुखले अनिश्चितकालका लागि प्रदेश सभाको बैठक स्थगित गरेका थिए ।

जेन–जी आन्दोलनको क्रममा प्रदेश सभाको बैठक कक्ष लगायतका भवनहरुमा आगजनी गरिएकाले क्षति भएको छ । तर विपक्षी दलहरुले पाल टाँगेर भएपनि बैठक बोलाउन सभामुखलाई आग्रह गरेका छन् ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब