मधेश प्रदेशमा सरकारबाट कांग्रेस फिर्ता : राजीनामा नदिने अडानमा सिंह दृढ, लोसपा र एमालेको समर्थन

  • असोज ९, २०८२ | ३५२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारमा रहेको नेपाली कांग्रेसले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । नेकां मधेश प्रदेश संसदीय दलको बुधबार बिहान बसेको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिने निर्णय सर्वसम्मतबाट गरेको दलका प्रमुख सचेतक कुमर कान्त झाले बताए ।

‘दलगत गठबन्धनको आधारमा जनमत पार्टीका मुख्यमन्त्रीलाई कांग्रेसले समर्थन गरेको थियो’ उनले भने, तर जनमत पार्टीले नै मन्त्री फिर्ता बोलाइसकेर समर्थन समेत फिर्ता लिइसकेको अवस्थामा कांग्रेसले काँध थाप्ने विषय भएन । सरकारबाट समर्थन फिर्ता लिन दलका नेता कृष्णप्रसाद यादवमाथि चरम दबाब थियो । अधिकांश सांसदले सरकारको साथ नछाडे विद्रोह गर्ने धम्की समेत दिएको स्रोतले जनाएको छ ।

नेकांको तर्फबाट सुनिल यादव अर्थमन्त्री, शेषनारायण यादव उर्जा, सिचाइँ तथा खानेपानी मन्त्री, कोशल किशोर राय श्रम तथा यातायात मन्त्री र जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका थिए । उनीहरु चारै जना सरकारबाट फिर्ता भइसकेको नेकां दलका नेता यादवले पुष्टि गरेका छन् ।

संसदीय दलमा सरकारको समर्थन फिर्ता लिन दबाब रहे पनि मन्त्रीहरु सरकारबाट बाहिरिन नहुने पक्षमा देखिएका थिए । संघीयताको रक्षार्थ मुख्यमन्त्री सतीश कुमार सिंहले अडान लिएको तर्क गर्दै कांग्रेसका मन्त्रीहरुले समर्थन जारी राख्न पार्टी नेतृत्वमाथि दबाब बनाएका थिए । कांग्रेसले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री सिंह राजीनामा दिन तयार भएका छैनन् ।

प्रदेश सभाको बैठकमा कांग्रेस र जनमत पार्टी विपक्षी बेञ्चमा बसेका छन् । बुधबारदेखि प्रदेश सभामा प्रमुख प्रतिपक्षको अनौपचारिक भूमिकामा कांग्रेस आएको छ । यस अघि जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रमुख प्रतिपक्ष रहेको थियो । जसपा नेपालका निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादव प्रमुख प्रतिपक्षी दलका नेता रहेका छन् ।

सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका संसदीय दलका उपनेता उपेन्द्र महतोले सरकारको औचित्य समाप्त भइसकेको जनाउँदै मुख्यमन्त्री सिंहले राजीनामा दिनु पर्ने बताए । ‘प्राविधिक रुपमा मात्र सरकारमा लोसपा रहेको छ ’ उनले भने, जनमत पार्टीलाई समर्थन गरिएको तर सो पार्टीले नै समर्थन फिर्ता लिइसकेपछि स्वतः समर्थन फिर्ता भए जस्तै छ ।

लोसपाका अर्का सांसद एवं पूर्वमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्री सिंहलाई राजीनामा दिएर अर्को सरकारका लागि मार्ग प्रशस्त गर्न प्रदेश सभा बैठकमा सुझाव दिए । तर सिंहमाथि त्यसको कुनै प्रभाव देखिएको छैन । सरकारलाई दिएको समर्थन जनमत र नेकांले फिर्ता लिए पनि चार दलीय गठबन्धन कायमै रहेको लोसपाका सभासद महतोले जनाएका छन् ।

नयाँ सरकार पनि यसै गठबन्धनबाट बन्ने उनले दाबी गरे । लोसपा नेपालका सभासदहरुले सरकारको नेतृत्व गर्ने पालो आफ्नो भएको दाबी गरेका छन् । एमाले र कांग्रेसमा मुख्यमन्त्री बनाउने किचलो देखिएको छ । एमालेले लोसपाको नेतृत्वमा सरकारमा जान तत्पर रहेको उच्च स्रोतले जनाएका छन् ।

सतीश कुमार सिंह जस्तै कमजोर नेतृत्वमा सरकार भए एमालेलाई सहज हुने स्रोतको दाबी छ । उनले कांग्रेसको नेतृत्व कुनै हालतमा स्वीकार्य नहुने बताए । कांग्रेसले पनि सरकारको नेतृत्व एमालेलाई दिन तयार छैन । आफूले नपाए लोसपाको नेतृत्वमा सरकार गठन गर्न कांग्रेसका कयौं नेताहरुले आन्तरिक छलफल थालेका छन् । उनीहरुले जनमत सरकारको नेतृत्व गर्ने पक्षमा नदेखिएकोले लोसपालाई नै नेतृत्व दिएर गठबन्धनलाई कायम राख्नुपर्ने तर्क गरिरहेका छन् ।

नेकां र एमालेलाई नेतृत्व दिन अन्य कुनै दल तयार देखिएको छैन । जनता समाजवादी पार्टी(जसपा) नेपाल दलका नेता सरोज कुमार यादवले कांग्रेस र एमालेको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न नसकिने बताएका छन् । जनमत पार्टी समेतले जसपा नेपालको नेतृत्वमा सरकारमा सहभागी हुन परहेज नभएको बताइसकेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब