मधेश प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति

  • असोज ११, २०८२ | ४२१ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन चार दलीय गठबन्धनबीच सहमति भएको छ ।

मुख्यमन्त्री सतीश कुमार सिंहलाई जनमत पार्टीले फिर्ता बोलाउँदै सरकारबाट समर्थन समेत फिर्ता लिइसकेको छ । गठबन्धनमा रहेको नेपाली कांग्रेसले पनि समर्थन फिर्ता लिइसकेपछि सिंह अल्पमतमा परिसकेका छन् । तर उनी राजीनामा दिने ‘मुड’ मा अझै छैन । प्रदेश सभामा विश्वासको मत लिने अडानमा रहेका सिंहलाई सहयोग गर्ने दलहरु मध्ये एमाले बाहेकका सबैले राजीनामा गर्न सुझाव दिइसकेका छन् ।

एमाले र लोसपा सिंहको सरकारमा अझै रहेका छन् । हुन त लोसपा मधेश प्रदेशका अध्यक्ष समेत रहेका पूर्वमन्त्री जितेन्द्र सोनलले पनि मुख्यमन्त्री सिंहलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रदेश सभा बैठकमा सुझाव दिएका थिए । अहिले सत्ताको साँचो लोसपासित रहेको छ । लोसपाले चार दलीय गठबन्धनलाई असहयोग गरे सरकार गठनको सम्भावना कमजोर हुनेछ ।

तर चार दलीय गठबन्धन मध्ये तीन दलले एमालेको नेतृत्वमा सरकार गठन हुन नसक्ने बताउँदै आएको छ । जेन– जी आन्दोलनपछि नेकपा एमालेका नेता र पार्टीप्रति बढेको जनआक्रोश अझै कम भइसकेको छैन । मधेश प्रदेशमा एमाले बाहेकका दलहरुको सरकार बन्नु पर्ने धारणा सबै दलको छ ।

कांग्रेससित सरकार बनाउन मधेश केन्द्रित दलहरु मात्र नभइ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि सकारात्मक छन् । तर एमालेको समर्थन लिए ती दलहरुले साथ नदिने प्रष्ट गरिसकेका छन् ।

उच्चस्रोतका अनुसार चार पार्टीका शीर्ष नेताहरुबीच काठमाण्डुमा नै सहमति भइ कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहलका लागि मधेश प्रदेशका नेताहरुलाई निर्देशन प्राप्त भइसकेको छ । चार पार्टीका संसदीय दलका नेताहरुबीच शुक्रबार भएको छलफलमा सरकारको नेतृत्व विषयमा विवाद नभए पनि एमालेले अनपेक्षित दाबी मन्त्रालयमा गरेको बताइन्छ ।

सिंह नेतृत्वको सरकारमा एमालेलाई भौतिक पूर्वाधार, स्वास्थ्य, गृह तथा सञ्चार र खेलकुद तथा समाजकल्याण मन्त्रालय रहेको छ । एमालेले अहिले अर्थ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा समेत दाबी गरेपछि मन्त्रालय बाँडफाँडमा सहमति हुन नसकेको एकजनाले नेताले जनाएका छन् । चार दलबीच सहमति भए पनि मुख्यमन्त्री सिंहले राजीनामा दिने मनस्थिति बनाएको देखिदैन । उनले विश्वासको मत लिने अन्तिम दिन यही असोज २८ गते अथवा त्यसको अघिल्लो दिन २७ गते मात्र पद छाड्ने बताइएको छ ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब