राजीनामाको प्रतीक्षामा मधेशका चार दल

  • असोज १३, २०८२ | ९४१ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले लिखित रूपमा राजीनामा नदिँदा अन्योल थपिदै गएको छ । मुख्यमन्त्री सिंहलाई उनको पार्टीको संसदीय दलले कारवाही गरिसकेको अवस्थामा पनि नेकपा एमाले र लोसपाको अधीनस्थ रही राजीनामाको हठ कायमै राखेपछि अन्योलता थप्दै गएको र सरकार गठनका लागि तयारी गरिरहेका दलहरु मुख्यमन्त्री सिंहको राजीनामाको प्रतीक्षामा बस्न बाध्य छन् ।

संवैधानिक व्यवस्थाअनुसार पदबाट मुख्यमन्त्रीले लिखित रूपमा राजीनामा बुझाएपछि मात्रै अर्को सरकार गठनको बाटो खुल्ने भए पनि मुख्यमन्त्री सिंहले आजसम्म आफ्नो पदबाट लिखित रूपमा राजीनामा दिएका छैनन् । आइतबारसम्म नयाँ सरकार गठन गर्ने तयारीमा रहेका चार दलबिच सहमति भइसके पनि सिंहको राजीनामा न आउदा अनेक आशंकाको भुमरीमा दलहरु परेका छन् ।

चर्चा परिचर्चा अनुसार चार दलबीच नेतृत्व मात्रै फेरेर पुरानै समीकरणअनुसार सरकार निर्माण गर्ने सहमति भएको छ । तर उक्त सहमति भएको २४ घन्टा बढी बितिसक्दा पनि संवैधानिक अड्चनका कारण नयाँ नेतृत्वमा सरकार गठन हुन नसकेको नेताहरुको भनाई छ । संवैधानिक व्यवस्थाअनुसार केही दिनका लागि सरकार निर्माणको सम्भावना टरेको हो । मुख्यमन्त्रीको लिखित राजीनामाबिना अर्को सरकार बनाउन मिल्दैन ।

‘सरकारमा सहभागी दलमध्ये कुनै दलले समर्थन फिर्ता लिए सरकारले पुनः विश्वासको मत लिने संवैधानिक अधिकार छ, ३० दिनभित्र सरकारले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीले पदबाट लिखित रूपमा राजीनामा दिए मात्रै ३० दिन अगावै सरकार निर्माणको बाटो खुला हुन सक्छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुख्यमन्त्री सिंहलाई राजनीतिक निकासका लागि मार्ग प्रसस्त गर्न आग्रह गरे पनि मुख्यमन्त्री सिंह सो आग्रहलाई वेवास्ता गदै एमाले र लोसपाको ललिपपमा अल्झेर हठवादी चरित्रको प्रदर्शन गरिरहेका छन् ।

कांग्रेसले सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता गरिसके पनि नेकपा एमाले र लोसपा दोहरो भूमिका निर्वाह गरिरहेका कारण पनि नँया सरकारको बाटो खुल्न सकेको छैन । स्रोतका अनुसार मुख्यमन्त्री सिंह असहाय अवस्थामा पुगी दशै पछि राजीनामा दिने मानसिकतामा रहेको बुझिएको छ ।तर प्राप्त जानकारी अनुसार मुख्यमन्त्री सिंह भने तत्काल राजीनामा दिने पक्षमा रहेका छैनन् । राजीनामा वा विश्वासको मत बारेमा स्वयम सिंह पनि दोसाँधमा रहेका छन् ।

यता कांग्रेस नेतृत्वमा पुरानो समीकरण अनुसार नै सरकार गठन गर्ने चार दलबिच सहमति भएको बताइन्छ । शुक्रबार नै मधेशमा चार दलबिच नयाँ सरकार बनाउने सहमति भएको थियो । कांग्रेस, एमाले, जनमत र लोसपाको समीकरणमा नयाँ सरकार बनाउने चार दलबिच लिखित सहमति नै भइसकेको दावी गरिदै छ । यद्यपि कुन दललाई कति वटा मन्त्री दिने ? त्यो सहमति भइनसकेको नेताहरुको भनाई छ । एक नेताका अनुसार तत्कालका लागि मुख्यमन्त्रीको मात्रै टुंगो लगाइएको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब