सिमा क्षेत्रमा ड्रोन आतंक बढेपछि प्रशासनले लगायो रोक

  • असोज १३, २०८२ | २६८ पटक पढिएको | सीमा संदेश
alt

रातको समयमा नेपाल भारत सीमा क्षेत्रमा ड्रोन आतंकले स्थानीय त्रसित भएपछि पश्चिम  नवलपरासीमा जथाभावी ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ । 
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले एक सूचना जारी गर्दै अनुमति विना ड्रोन उडाउन प्रतिबन्ध लगाएको हो । 

पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीद्वारा जारी सूचनामा दशैं तिहार जस्ता चाडपर्व लक्षित गरी ड्रोन उडाउने गरेको पाइने गरेको भन्दै त्यस्ता ड्रोनहरु अनुमति लिएर मात्र उडाउन र अनुमति नलिई उडाएको पाइए कारवाही गरिने चेतावनी दिइएको छ । 

पश्चिम नवलपरासी सहित नेपाल भारत सीमा क्षेत्रमा पछिल्लो समय ड्रोन आतंक बढेका भिडियोहरु सार्वजनिक भईरहेको बेला यस्तो सूचना प्रशासनले निकालेको हो । 
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने सीमा क्षेत्रमा ड्रोन आतंक भएका जानकारी नभएको बताए । उनले भने – चाडपर्वमा ड्रोन बढी उडाउने गर्दछन् ।

कानुनी प्रक्रिया पुरा नगरी चलाइएका ड्रोनहरु कानुनी प्रक्रिया पुरा गरी चलाउन र अनुमति लिएर मात्र चलाउनु भन्ने उद्देश्यले सूचना प्रकाशन गरिएको हो । 
प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार अनुमति नलिई ड्रोन उडाएको वा प्रयोग गरेको पाइए जफत गरी कारवाही प्रक्रिया अडाडि बढाइने छ ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब