विष्णुपुरमा धानखेतमा महिलाको शव फेला

  • असोज १३, २०८२ | २६९ पटक पढिएको | सीमा संदेश
alt

 विष्णुपुर गाउँपालिका २ स्थित आफ्नो धानखेतको आलीमा घाँस काट्न गएकी स्थानीय महिलाको शव भेटिएको छ । वस्तुभाउलाई खुवाउने घाँस काट्न आइतबार अपराह्न विष्णुपुर गाउँपालिका-२, रजोखरमा रहेको घरबाट निस्किएकी स्थानीय नन्दा यादवकी श्रीमती करिब ५५ वर्षीया रामदुलारी यादव आफ्नै धानखेतमा मृत अवस्थामा भेटिएकी हुन् ।

विष्णुपुर गाउँपालिका-२, राधानगर क्षेत्रको धान खेतमा सोमबार बिहान महिलाको शव भेटिएको जानकारी पाएलगत्तै विष्णुपुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल मुचुल्कासहित स्थानीयसँग सोधपुछ गरी कानुनी प्रक्रिया पुर्याएर शव पोस्टमार्टमका लागि सिराहा प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । 

सिराहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले महिलाको शव भेटिएको जानकारी पाएपछि आफू पनि घटनास्थल पुगेर फर्किएको बताए । ‘घटनाको विस्तृत अनुसन्धान र पोस्टमार्टम गरेर रिपोर्ट आएपछि मात्र केही भन्न सकिन्छ,’ नयाँ पत्रिकासँग उनले भने । घाँस काट्न गएकी यादव आइतबार राति अबेरसम्म घर नफर्किएपछि घरका सदस्यहरूले राति अबेरसम्म खोजतलास गरेको स्थानीयले बताए । 

गाउँदेखि पश्चिमतर्फ आफ्नै धानखेततिर गएको हुन सक्ने अनुमानको आधारमा त्यतातिर खोज्ने क्रममा आलीमा केही घाँस काटेर राखेको र आलीमुनि धान माडेर कोल्टे अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब