लहानमा एक युवतीको शंकास्पद मृत्यु, हत्या गरेर मारेको माइती पक्षको आरोप

  • असोज १४, २०८२ | ५०८ पटक पढिएको | सीमा संदेश
alt

लहान नगरपालिका– १४, बस्तीपुरमा करिब साढे ६ महिनाअघि अन्तरजातीय प्रेमविवाह गरेकी युवतीको सोमबार मध्यरातमा शंकास्पद मृत्यु भएको घटनामा माइती पक्षले हत्या गरेर झुन्ड्याएको आरोप लगाएको छ।

घरको छतको टहरामा सलमा झुन्डिएको अवस्थामा भेटिएको भनिएकी स्थानीय दिनेश पासवानकी श्रीमती करिब २१ वर्षीया अञ्जली विसुन्के पासवानलाई हत्या गरेर झुन्ड्याएको माइती पक्षको आरोप छ।

‘घरको कोठामा घाँटी थिचेर हत्या गरेपछि छतको टहरामा पुर्‍याएर सलमा झुन्ड्याएका हुन्,’ मृतकका मावली हजुरबा शंकर कोइरालाले भने, ‘आफैँ झुन्डिएको व्यक्तिको नाकबाट कसरी रगत बग्यो ?’

घरमा ससुरा कमलेश पासवान, श्रीमानसहित अञ्जली मात्र रहेको र सासू लहान बजारमा झिझिया नाच हेर्न गएका वेला मध्यरातमा दिनेशले अञ्जली झुन्डिएको भन्दै हो–हल्ला गरेपछि बाबुछोराले सल खोलेर शव तल झार्नुले पनि हत्या भएको उनको आरोप छ। स्थानीयका अनुसार प्रेमविवाह गरेकी अञ्जलीको घरमा यसअघि झैझगडा, विवाद भएको थाहा नपाएको, तर घरायसी विवादमा सोमबार राति झगडा भएको हुन सक्ने अनुमान गरिएको छ।

‘एउटै ओछ्यानमा सुतेका वेला उठेर हिँडेकी भनिएकी श्रीमती छतको टहरामा झुन्डिएको छ भन्ने कसरी थाहा भयो ?’ एक छिमेकीले भने, ‘घटना नियोजित पनि हुन सक्छ।’

बिहे तय भएपछि तीन दिनअघि भागेर प्रेमविवाह
मावली पक्षका अनुसार लहान– १०, गुदीगाउँस्थित मावलीमा बस्दै आएकी अञ्जलीले गत २८ वैशाखमा पासवानसँग भागेर प्रेमविवाह गरेकी थिइन्। १ जेठमा उदयपुरको नेपालटारका युवकसँग विवाह गर्ने तय भएपछि त्यसको तीन दिनअघि नै अञ्जली आफूसँग एउटै क्याम्पस पढिरहेका दिनेशसँग भागेकी थिइन्।

त्यसपछि मावली र गाउँलेहरूले १ जेठमा उनकी माहिली बहिनीलाई विवाह गरेर नेपालटारका युवकसँग पठाइदिएपछि बाँकी दुई बहिनी अझै मावलीको संरक्षणमा रहँदै आएका छन्। छोरीहरू र श्रीमतीको लालनपालन नगरी मदिराको कुलतमा लागेका बाबु राजकुमार विसुन्के बेपत्ता भएपछि अञ्जलीसहित चार बहिनी मावलीमा बस्दै आएका थिए। आमा रिता विसुन्के भारतमा रहेको गाउँलेहरूले सुनाए।

अनुसन्धान गर्दै छौँ : प्रहरी 
जिल्ला प्रहरी कार्यालय सिराहाले घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ। अन्तरजातीय प्रेमविवाह गरेकी चेलीको माइती– मावली पक्षसँग राम्रो सम्बन्ध नरहेको, आवतजावत नभएको, त्यही आवेग वा अन्य कारणले पनि घटना गरिएको हुन सक्ने अनुमान गरिएको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले घटनाको जानकारी पाएलगत्तै तत्काल घटनास्थल पुगेर अनुसन्धान थालिएको बताए। ‘प्रहरीले घरपरिवार, छरछिमेक, आफन्तसँग प्रारम्भिक सोधपुछसहित अनुसन्धान थालेको छ,’ उनले भने, ‘घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल ल्याइएको छ।’

घटनाको विस्तृत अनुसन्धान र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र के भएको हो भन्ने यकिन हुने जानकारी दिँदै उनले मावली पक्षले जाहेरी दिने तयारी गरिरहेकाले त्यसको आधारमा अनुसन्धान अगाडि बढ्ने बताए।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब