दलित भएर प्रहरी बोलाउने भन्दै बस्तीमा तोडफोड र लुटपाट

  • असोज १८, २०८२ | ३०७ पटक पढिएको | सीमा संदेश
alt

विश्वकर्मा पूजाको आर्केष्ट्रामा भएको विवादपछि शान्ति सुरक्षाको माग गर्दै प्रहरी गुहारेका सिरहाको कल्याणपुर नगरपालिका ८ अरङ् गाउँका दलितहरुलाई प्रहरी बोलाउने भन्दै शुक्रबार दिउँसो बस्तीमा लुटपाट र तोडफोड भएको छ । 

अरङ्को ठूलो पोखरीको उत्तरपट्टि डिलमा बसोवास गरिरहेका पाँच घर दलितहरुको घर तोडफोड र लुटपाट भएको हो । ‘गाउँमा प्रहरी बोलाउने’ भन्दै दलित बस्तीका पाँच जनाको घर तोडफोड र लुटपाट भएको पीडितहरुले बताए । 

स्थानीय प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, मुस्तफा राइन लगायत २०/२५ जनाको समूहले दिउँसो करिब २ बजेतिर घर तोडफोड गर्नुका साथै घरमा रहेका सामान, सुनचाँदी, नगद लुटेर लगेको पीडित सोभित पासमानले बताए । ‘शान्ति सुरक्षका लागि कल्याणपुरबाट प्रहरी बोलाएका थियौं, प्रहरीकै अगाडि तोडफोड र लुटपाट भयो’ उनले भने । 

उक्त समूहले घर तोडफोड गर्दै आँगनमा रहेको केरा, कागती, आँपका बिरुवा भाँच्नुका साथै चार आना सुन र ३० तोला चाँदीको गहना लुटेको पीडित अशोक पासमानले बताए । 

त्यस्तै, राजकुमारको घर तोडफोडसहित मजदूरी गरेर राखेको धानचामल समेत लुटपाट भएको छ भने दाल चामल, चार आना सुन र १० तोला चाँदीको गहनासहित बाकस फोडेर १८ हजार रुपैयाँ नगद समेत लुटेर लगेको पीडित रासलाल पासमानले बताए । 

उक्त समूहले घर तोडफोड गर्ने क्रममा स्थानीय बिन्दे पासमानको घरमा रहेको २० तोला चाँदीका गहना, दुइ आना सुन र तीन हजार नगद लुटेपछि आफ्नो घर तोडफोड गर्दै सबै सामान लुटपाट गरेको पीडित सोभित पासमानले बताए । 

आर्केष्ट्रमा भएको थियो विवाद
१ असोजको विश्वकर्मा पूजाको दिन गाउँमा ल्याइएको आर्केष्ट्रामा हो–हल्ला भएपछि पासमान टोलका युवाहरुसँग प्रभास, नितेस लगायतको विवाद भएको थियो । ‘त्यही बेला उठीबास गराउने धम्की दिएपछि ३ असोजमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा शान्ति सुरक्षाका लागि निवेदन दिएका थियौं’ पीडित सोभितले भने ‘१२ असोजमा प्रहरीमा राखिएको छलफल नभएपछि २१ असोजका लागि तोकिएको थियो ।’

दलित भन्दै हेपेर शुक्रबार बस्तीमा आउँछौं भन्दै धम्क्याएपछि पीडितहरुले कल्याणपुर प्रहरीलाई बेलैमा खबर गरेको भएपनि त्यहाँबाट गएका प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको उनीहरुको गुनासो छ । ‘प्रहरीले एक पल्ट रोक्नेसम्म प्रयास पनि गरेन’ उनले भने । 
    
प्रहरीको रेकर्डमा ‘फरार’ भनिएका प्रभास सिंह, चन्द्रदिप सिंह लागयतको समूहले प्रहरीकै अगाडि दलितको घर तोडफोड र लुटपाट गरिरहँदा कल्याणपुरबाट गएका प्रहरीले रोक्नेसम्म प्रयास नगरेको स्थानीय दलितहरुको गुनासो छ । प्रभास ज्यान मार्ने उद्योग र चन्द्रदिप अनुचित लेनदेन मुद्दाका फरार व्यक्ति रहेको बताइएको छ । 

अस्थायी बसोवासको पहल गर्न माग
कल्याणपुरबाट गएको प्रहरीले केही नगरेपछि मिर्चैयाबाट जनपद र सशस्त्र प्रहरी पुगेपछि घर तोडफोड र लुटपाट गर्नेहरु भागेको गाउँलेहरुले बताए । 

मिर्चैयाबाट थप प्रहरी पुगेपछि दलितले बोलाउने बित्तिकै आउने भन्दै प्रहरीलाई अभद्र व्यवहारसहित आक्रमण नै गर्न खोजेका स्थानीय करिब ६१ वर्षीय गणेश कामतीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दलित बस्तीमा तोडफोड र लुटपाटमा संलग्नहरुको खोजी भइरहेको र ढिलोचाँडो पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 

‘भारी वर्षा हुने भनिएको छ, त्यसमा पनि त्यसमा पनि दशैं चल्दैछ’ स्थानीय सामाजिक अभियन्ता सुभेन्द्र साहले भने ‘यस्तो बेलामा दलितहरु ओत लाग्ले घर भत्काउनुका साथै लुटपाट गरेर जघन्य अपराध भएको छ, राज्यका निकायले त्यसमा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कारबाही र क्षतिपूर्ति उपलब्ध गराउनु पर्छ ।’ दलितहरु बस्ने घर नभएकाले तत्काल स्थानीय सरकारले अस्थायी बसोवासका लागि पहल गर्नुपर्ने उनको माग छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब