केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न जेन–जी अगुवाको दबाब अभियान

  • असोज २१, २०८२ | ६१० पटक पढिएको | सीमा संदेश
alt

२३ भदौको भ्रष्टाचारविरोधी आन्दोलनमा दमन गरेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जेन–जी अगुवाहरूले दबाब अभियान सुरु गरेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरूले अभियान थालेका हुन्। 

हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङलगायतले सामाजिक सञ्जालमा यससम्बन्धी ट्रेन्ड सुरु गरेका छन्। अन्य जेन–जी अगुवाहरूले पनि सामाजिक सञ्जालमा ओली र लेखकमाथि कारबाहीा लागि दबाब दिन थालेका छन्। ‘द काउन्सिल अफ जेन–जी’को नामबाट सामाजिक सञ्जालमा यस्तो ट्रेन्ड सुरु गरिएको छ। अरेस्टकेपीओली र अरेस्टरमेशलेखक ह्यासट्याग राखेर उनीहरुले यस्तो अभियान थालेका हुन्। 

सो घटनाको सम्बन्धमा गठित जाँचबुझ आयोगले ओली र लेखकलाई बयानमा बोलाउने तयारी गरेको छ। उनीहरूको पासपोर्ट रोक्का गर्नुका साथै उपत्यकाबाहिर जानसमेत अनुमति लिनुपर्ने निर्णय आयोगले गरेको थियो। जेन–जी अगुवा तथा पीडित परिवारले पक्राउ गरेरै बयान लिन माग गरेका छन्।

भ्रष्टाचारविरुद्ध भएको आन्दोलनमा गोली प्रहार गरेर युवाहरूको हत्या भएको घटनामा संलग्नमाथि छानबिनको माग हुँदै आएको छ । २३ र २४ भदौको आन्दोलनमा ७६ जनाले ज्यान गुमाइसकेका छन्। दुई दिनको आन्दोलनपछि तत्कालीन ओली सरकार अपदस्थ भएको थियो । 

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब