घर तोडफोड र लुटपाट प्रकरण स् वडाध्यक्षसहित १३ जनाविरूद्ध जाहेरी

  • असोज २१, २०८२ | ५१५ पटक पढिएको | सीमा संदेश
alt

कल्याणपुर नगरपालिका–८ अरङ्गाउँको ठूलो पोखरीको डिलमा बसोबास गर्दै आएको दलित बस्ती तोडफोड र लुटपाट प्रकरणमा पीडितहरूले वडाध्यक्ष रामकिशोर यादवसहित १३ जना विरुद्ध जाहरी दिएका छन् । 

दशैंको रमझम चलिरहेकै बेला गत शुक्रबार दिउँसो गुण्डागर्दी शैलीमा प्रहरीकै अगाडि घर तोडफोड गर्ने र लुटपाटमा संलग्न स्थानीय प्रभास सिंह, कलास सिंह, रामनारायण सिंह, मुस्तफा राइन, गणेश कामतीसहितको भिडलाई अन्यत्र बसेर उक्साएको आरोप लागेका वडाध्यक्ष यादवसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको हो । पीडितहरूले इलाका प्रहरी कार्यालयमा आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएको बताए । 

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेशराज पुरीले जाहेरीमा समेत नाम उल्लेख रहेका वडाध्यक्ष यादवसहित कामती र सिंहलाई पक्राउ गरिसकेको र अन्यको खोजतलास र अनुसन्धान भइरहेको बताए । 

करिब ६ दशकभन्दा बढीदेखि सार्वजनिक पोखरीको डिलमा झुपडी बनाएर बसोवास गर्दै आएका पासमान समुदायका दलितहरूको उठीबास गराउन नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका यादवले केही दिनअघि वडाबाट सिफारिस समेत दिएको उल्लेख छ । ‘सार्वजनिक पोखरीको डिल खाली गराउन भनेर वडाले सिफारिस दिएको भर्खरै सुन्यौं तर अहिलेसम्म कसैले पनि त्यो विषयमा भनेका थिएनन,’ बस्तीका करिब ५४ वर्षीय राजकुमार पासमानले भने ‘दलितलाई जे गर्दा पनि हुन्छ भन्ने सामन्ती सोचको कारणले मेलामा भएको सामान्य विवादको निहुँमा हाम्रो झुपडी तोडफोड र लुटपाट गरियो ।’

१ असोजमा गाउँमा ल्याइएको आर्केष्ट्रामा मदिरा सेवन गरेर पुगेका स्थानीय प्रभास सिंह राजपुतसँग दलित युवाहरूको सामान्य विवाद भएपछि उनले बस्ती उठाइदिन्छु भन्दै धम्क्याएको पीडितहरू बताउँछन् । त्यसलगत्तै कल्याणपुर प्रहरीमा ३ असोजमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका पीडितहरू १२ असोजमा राखिएको छलफलमा पुगे पनि स्थगित भएपछि २१ असोजका लागि तोकिएको स्थानीय सोभित पासमानले बताए ।

स्थानीय प्रभास सिंह, नितेश सिंह, सलेन्द्र सिंह, राजकुमार सिंह, मुस्तफा राइन, रामनारायण सिंह, लक्ष्मी सिंह लगायत २०–२५ जनाको समूहले शुक्रबार दिउँसो करिब २ बजेतिर घर तोडफोड गर्नुका साथै घरमा रहेका सामान, सुनचाँदी, नगद लुटेर लगेको पीडितहरूले बताए । पीडितहरूका अनुसार उक्त समूहले राजकुमार पासमान, सोभित पासमान, रासलाल पासमान, बिन्दे पासमानर अशोक पासमानको घर तोडफोड गर्दै घर आँगनमा रहेको केरा, कागती, आँप, अम्बाका बोट भाँच्नुका साथै सुनचाँदीका गहना, नगद, अनाज फर्निचार लुटपाट गरेर लगेका थिए । 

चार दिनपछि बस्तीमा जनप्रतिनिधि 
बस्ती तोडफोड र लुटपाट भएको घटना सार्वजनिक भएपछि दलित अगुवाहरू, सञ्चारकर्मीहरू निरन्तर बस्ती पुगिरहेको भए पनि पालिकाका जनप्रतिनिधिहरू भेट्न समेत नआएको पीडितहरूले गुनासो गरिरहेका बेला सोमबार बिहान कार्यवाहक नगर प्रमुख रेखाकुमारी यादवले पीडितहरुसँग भेटघाट गरेकी छन् । भेटघाटपछि कार्यवाहक नगर प्रमुख यादवले बसोवासका लागि पालिकाले सघाउने आश्वासन दिएको पीडितहरूले सुनाए ।

त्यसअघि शनिबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मासहितको टोली बस्तीमा पुगेको थियो । बस्तीको स्थलगत अनुगमन र पीडितहरूसँग कुराकानीसँगै जिल्ला सुरक्षा समितिबाट पाँच पीडित परिवारलाई कम्बल, झुल र त्रिपाल दिएको प्रहरी प्रमुख शर्माले बताए ।

घर तोडफोडलगत्तै दुई दिनसम्म लगातार परेको वर्षामा भत्किएकै घरमा त्रिपाल हालेर बालबालिका, वृद्धवृद्धाले जसोतसो रात काट्दै आएको पीडित ६५ वर्षीया दुखनीदेवी पासमानले गुनासो गरिन् । ‘घरमा भएको अन्नपात समेत लुटेर लगेकाले एक छाक समेत राम्ररी खान पाएका छैनौं,’ उनले भनिन् ।

मधेशमा मन्त्रालयदेखि निकायसम्म पुनर्संरचनाको तयारी

मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै सरकारी संयन् ...

सरकार-रास्वपा तिक्तताबीच बालेन र रविबीच ४५ मिनेट स

सरकार सञ्चालनलाई लिएर सत्तापक्षीय दलभित्रै बढ्दो अविश्व ...

कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर पल्टिँदा

सिरहाको कर्जन्हामा बोलबमका श्रद्धालु भक्तजन सवार ट्याक् ...

ट्रम्पको टिकटक र ह्वाइट हाउसका भिडियोबाट टेलर स्वि

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब