बिहार विधानसभा निर्वाचन दुई चरणमा हुने

  • असोज २१, २०८२ | ५०५ पटक पढिएको | सीमा संदेश
alt

बिहार विधानसभा निर्वाचनको मिति भारतको निर्वाचन आयोगले घोषणा गरेको छ ।

यस पटकको निर्वाचन दुई चरणमा सम्पन्न हुने जनाइएको छ । विगत दुई दशकयताको सबैभन्दा छोटो निर्वाचन तालिका रहेको बताइन्छ । निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले जनाए अनुसार पहिलो चरणको मतदान २०२५ नोभेम्बर ६ मा र दोस्रो तथा अन्तिम चरणको मतदान २०२५ नोभेम्बर ११ मा हुने छ ।

पहिलो चरणमा १२१ निर्वाचन क्षेत्रमा मतदान हुने छ भने दोस्रो चरणमा १२२ निर्वाचन क्षेत्रहरूमा मतदान हुने उनले बताए । कुल २४३ सिटको विधानसभाका लागि परेका मतहरूको मतगणना २०२५ नोभेम्बर १४ मा गरिने उनले बताए । यस निर्वाचनमा वर्तमान सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) र प्रमुख विपक्षी ‘महागठबन्धन’ बीच मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी ढंगले चुनाव सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब