लक्ष्मीपूजाका दिन सर्लाहीका तीन स्थानमा आगलागी

  • कार्तिक ४, २०८२ | ५२४ पटक पढिएको | सीमा संदेश
alt

लक्ष्मीपूजाको दिन सोमबार राति सर्लाहीका तीन स्थानमा आगलागीबाट लाखौँको क्षति भएको छ । लालबन्दी नगरपालिका–५, मेजरगन्जमा लालबन्दी ७ का कैलाश साहले किराना समान राखेको गोदाममा भएको आगलागी दमकलसहितको सहयोगमा नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।

सोमबार राति ११ः३० बजेतिर जस्ताले छाएको र इँटाले बेरेको एक तले गोदाम घरमा आगलागी भएको हो । आगलागी भएको जानकारी पाएपछि नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकबाट प्रमुख सेनानी (कर्णेल) उमेश खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको टोलीले आगलागी नियन्त्रणमा लिएको हो । 

नेपाली सेनाको दमकलसहित सुरक्षाकर्मी र गाउँले भएर करिव एक घण्टापछि आगलागी नियन्त्रणमा लिएका हुन् । प्रारम्भिकरुपमा सङ्कलन गरिएको विवरणमा आगलागीबाट दुई करोड रुपियाँ बराबरको किराना समान जलेर नष्ट भएको गोदामधनीले बताएका लालबन्दी प्रहरीले जनाएको छ ।

लक्ष्मीपूजा गर्दा बालिएको मैनबत्तीबाट आगलागी भएको आशङ्का गरिए पनि पुष्टी हुन भने बाँकी छ । गोदामधनी लक्ष्मीपूजा गरेर फर्किएपछि आगलागी भएको स्थानीयले बताएका छन् ।

यस्तै, लक्ष्मीपूजा गर्दा बालिएको दीपावलीबाट आगो सल्किँदा कविलासी नगरपालिका–१, पिपरिया बस्ने बब्लु मण्डलको घरमा क्षति पुगेको छ । आगलागीबाट घरको छानो र घरभित्र रहेका सरसमान जलेर नष्ट हुँदा चार लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको अस्थायी प्रहरी पोष्ट पचगछियाले जनाएको छ ।

त्यस्तै, चक्रघट्टा गाउँपालिका–५, बस्ने श्यामसुन्दर रायको घरमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा ५० हजार रुपियाँ बराबरको क्षति भएको छ । आगलागीबाट घरभित्र रहेका कपडा, पङ्खा र केही नगद जलेको पीडितले बताएका छन् ।

यी तीन ठाउँमा आगलागी हुनुबाहेक सर्लाहीमा लक्ष्मीपूजा अर्थात् दीपावली सामान्य ढङ्गले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब