गंगा दाहालले प्रचण्डको सचिवालयबाट दिइन् राजीनामा

  • कार्तिक ४, २०८२ | ३९५ पटक पढिएको | सीमा संदेश
alt

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन्।
उनले आइतबार सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै आफ्नो राजीनामाको घोषणा गरेकी हुन्।

गंगाले पछिल्लो समयमा आफूविरुद्ध विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भ्रामक समाचार र चरित्र हत्या गर्ने अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। उनले लेखेकी छन्, ‘म, बुवा (कमरेड प्रचण्ड)को सचिवालयमा भाइ प्रकाश दाहालको निधनपछि पार्टीको निर्णयअनुसार जिम्मेवारी लिएर आएकी थिएँ। मम्मी सीता दाहाल बिरामी हुनुहुन्थ्यो, त्यसैले हेरचाहसँगै सचिवालयमा रहेर सकेसम्म निस्वार्थ भावले काम गरेँ।’

गंगाले सचिवालयमा रहँदा सबैको भावना अनुरूप काम गर्न नसकिएको स्वीकार गर्दै आत्मआलोचना गरेकी छन्। उनले भनेकी छन्, ‘म गर्वका साथ भन्छु, मैले आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै काम गरिनँ। सहयोगीको रूपमा राम्रो गर्ने कोसिस गरेँ, तर जति विवादरहित भएर काम गर्न खोजे पनि विवादमा त पर्नैपर्ने रहेछ।’

विज्ञप्तिमा उनले आफू र परिवारविरुद्ध भइरहेको भ्रामक प्रचारप्रति आपत्ति जनाएकी छन् । ‘कहिले लाखौंको ब्याग भनिन्छ, कहिले लाख पर्ने घडी। मैले त्यस्ता सामान कहिल्यै किनिनँ। साथीहरूले जन्मदिनमा दिएको उपहार थियो, त्यो पनि जलेर खरानी भइसकेको छ, तर अझै पनि त्यही कुरा दोहोर्याएर प्रहार गरिन्छ।’

गंगाले योजनाबद्ध रूपमा आफूलाई देखाएर माओवादी केन्द्र र संयोजक प्रचण्डविरुद्ध प्रचार भइरहेको आरोप लगाउँदै त्यसकै विरोधस्वरूप सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको बताएकी छन्। उनले भनेकी छन्, ‘संयोजक र पार्टीविरुद्ध भइरहेका योजनाबद्ध प्रहारका कारण मैले सचिवालयबाट राजीनामा दिएको हुँ। तर पार्टीकी जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहनेछु।’

गंगाले सचिवालयमा रहँदा सहयोग गर्ने सबै पार्टी नेता, कार्यकर्ता र आम नागरिकप्रति आभार पनि प्रकट गरेकी छन्।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब