उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियातर्फ मिसाइल प्रक्षेपण

  • कार्तिक ५, २०८२ | ४७४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियातर्फ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । बुधबार बिहान उत्तर कोरियाले आफ्नो पूर्वी क्षेत्रमा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ।

दक्षिण कोरियामा हुन लागेको एशिया-प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनभन्दा एक साताअघि भएको हो मिसाइल प्रक्षेपण भएको हो ।

उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य विश्व नेताहरू दक्षिण कोरियाको ग्येङ्जु सहरमा भेला हुने भनिएको छ ।

दक्षिण कोरियाको सेनाका अनुसार केही छोटो दूरीका ब्यालिस्टिक मिसाइल भएको र  जापान सागर (पूर्वी सागर) तर्फ प्रक्षेपण गरिएको पाइएको छ । यसबारे दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले पनि जानकारी दिएको छ ।

दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार थप प्रक्षेपणा हुनसक्ने भन्दै सेनाले निगरानी बढाएको छ । यसबारेमा जापान र अमेरिकालाई पनि जानकारी गराएर सतर्कता अपनाइएको छ ।

समाचार एजेन्सी योनहापका अनुसार, उत्तर कोरियाले यसअघि मे ८ र मे २२ मा छोटो दूरीका ब्यालिस्टिक र क्रूज मिसाइलहरू पूर्वी सागरतर्फ प्रक्षेपण गरेको थियो । त्यसपछि यो पहिलो प्रक्षेपण हो, जुन दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युंगले जूनमा पदभार लिएपछि भएको हो ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब