ट्रम्प र सीको भेट अगावै अमेरिका-चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति

  • कार्तिक १०, २०८२ | ४३६ पटक पढिएको | सीमा संदेश
alt

अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचा (नमूना) मा सहमति जुटेको छ । उक्त सहमतिको ढाँचालाई यसै साता दुवै देशका नेताहरू बीचको भेटघाटका दौरान छलफल गरिने भएको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार सम्झौताको ढाँचामा टिकटकको अमेरिकी व्यवसायसम्बन्धी अन्तिम सम्झौता र चीनले दुर्लभ खनिजहरूमा लगाइएको नयाँ प्रतिबन्धहरू हटाउने वा स्थगित गर्ने निर्णय समावेश रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाअनुसार चीनबाट आयात हुने सामानमा लगाइने शतप्रतिशत कर लागू हुने सम्भावना नरहेको पनि बताएका छन् । चीनले अमेरिकाबाट सोयाबिन खरिदलाई फेरि सुरू गर्ने पनि अर्थमन्त्री बेसेन्टको भनाइ छ ।

दुवै देशहरू विश्वका दुई सबैभन्दा ठूला अर्थव्यवस्थाका बीच जारी ‘ट्रेड वार’ लाई बढ्न नदिने प्रयास गरिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प एशियाको एक साता लामो भैमणमा छन् ।

भ्रमणका क्रममा उनले दक्षिण कोरियामा चीनका राष्ट्रपति शी जिनपिङसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको बीबीसीले जनाएको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब