मधेसका मुख्यमन्त्रीले २२ गते विश्वासको मत लिने

  • कार्तिक १३, २०८२ | ३१० पटक पढिएको | सीमा संदेश
alt

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिने मिति तय भएको हो ।

मुख्यमन्त्री सोनलले सत्तारुढ गठबन्धनको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसँग पनि विश्वासको मतका लागि आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

उनले सत्तारुढ गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीसमेत समावेश भएको बताए । गत असोज २९ गते जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ५५ जना सांसदको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

सत्तारुढ गठबन्धनमा जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । यसबाहेक साना दुई दलसमेत गठबन्धनमा सामेल भएसँगै मुख्यमन्त्री सोनललाई विश्वासको मतका लागि सहज भएको छ । 

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब