वैवाहिक बलात्कार बढ्दो

  • कार्तिक १६, २०८२ | ५३० पटक पढिएको | सीमा संदेश
alt

कैलालीकी एक महिला १४ वर्षकै उमेरमा विवाह गर्नुभयो । हाल २५ वर्षीय उहाँ विवाहपश्चात् निरन्तर श्रीमान्को यातना खेप्दै आउनुभएको छ । 

मादक पदार्थ सेवन गरेर श्रीमान्ले जबरजस्ती यौन सम्पर्क गर्न खोज्ने, अस्वीकार गरे कुटपिट गर्ने जस्ता घटना उहाँको जीवनमा भइरहेका छन् । 

“मेरो वैवाहिक जीवन यातनामा बितिरहेको छ,” उहाँ भन्नुहुन्छ, “मेरो शरीरको अधिकार मसँग छैन ।” कतिपय अवस्थामा श्रीमान्को यौन चाहना पूरा गर्न नसकेको खण्डमा यौनाङ्गमै समेत चोट पु¥याउने गरी आफूमाथि कुटपिट भएको उहाँले पीडा सुनाउनुभयो । श्रीमान्को निरन्तर यातना खेप्न नसकेपछि सम्बन्धविच्छेदको प्रक्रियामा उहाँ अगाडि बढ्नुभएको छ र बच्चाको पालनपोषणका लागि धनगढीमा पसल गरेर उहाँ छुट्टै बस्नुभएको छ । 

यस्तै ११ वर्षअगाडि गाउँका युवकसँग विवाह गरेकी कञ्चनपुरकी एक ३२ वर्षीय महिलाको जीवन पनि यातनामय रह्यो । हाल सम्बन्धविच्छेदको प्रक्रियामा रहनुभएका उहाँ श्रीमान्को हिंसाका कारण शारीरिक र मानसिक रूपमा कमजोर हुनुभएको छ । “मादक पदार्थ सेवन गरेर ससाना कुरामा झगडा गर्ने, पिट्ने, मेरो इच्छा नहुँदा पनि जबरजस्ती गर्ने जस्ता कार्य गर्थे,” उहाँ भन्नुहुन्छ, “मेरो शरीर श्रीमान्को अधिकार हो सोच्दै हिंसा खेप्न बाध्य थिएँ ।” श्रीमान्ले चरम यातना दिन थालेपछि उहाँले पनि अब सम्बन्धविच्छेदको बाटो रोज्नुभएको छ । 

यहाँ यी दुई प्रतिनिधिमूलक घटना मात्र हुन् तर यस्ता घटना सुदूरपश्चिममा बढ्दो क्रममा रहेको महिलाको क्षेत्रमा काम गर्दै आएकी महिला पुनस्र्थापना केन्द्र (ओरेक) को प्रतिवेदनले देखाएको छ । ओरेकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन २०२५ अनुसार सुदूरपश्चिममा विवाहेत्तर सम्बन्धमा रहेका महिलामाथि वैवाहिक बलात्कार बढ्दो क्रममा छ । ओरेकले २०२४ जुलाईदेखि २०२५ जुनसम्म यो प्रदेशमा २१ वटा वैवाहिक बलात्कारको घटना अभिलेख गरेको छ । 

कैलाली, कञ्चनपुर र बाजुरामा नौ/नौ वटा वैवाहिक बलात्कारको घटना अभिलेख भएको सो संस्थाले जनाएको छ । वैवाहिक जीवनमा जबरजस्तीलाई अझै पनि श्रीमान्को अधिकार वा वैवाहिक कर्तव्यका रूपमा सामान्यीकृत गर्ने परिपाटीका कारण धेरै जसो महिला मौन बसेर यातना सहने गरेको ओरेकका सुदूरपश्चिम संयोजक सपना थापाले बताउनुभयो । यस किसिमको हिंसालाई समाजले नै औपचारिक रूपमा स्वीकृति दिएको उहाँको भनाइ छ । यस्तै यो अवधिमा कैलालीमा २८ वटा लैङ्गिक विभेदमा आधारित घटना भएको ओरेकले जनाएको छ । 

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब