माओवादी मधेस प्रदेश संसदीय दलको नेतामा साह पुनः नियुक्त

  • कार्तिक १८, २०८२ | ४५९ पटक पढिएको | सीमा संदेश
alt

 नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह पुनः नियुक्त भएका छन् । मधेस प्रदेशका पूर्वमन्त्री समेत रहेका साहलाई आज पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेशसभामा दलको नेता पुनः नियुक्त गरेका हुन् ।

सभामुख रामचन्द्र मण्डललाई माओवादी केन्द्रका संयोजकसमेत रहेका दाहालद्वारा हस्ताक्षरित पत्र पठाएर साहलाई दलको नेता कायम गर्न निर्णय भएको जानकारी गराइएको छ ।

पत्रमा भनिएको छ– ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा माननीय भरतप्रसाद साहलाई पुनस्र्थापित गर्ने निर्णय भएकाले उहाँलाई दल नेता कायम गरी दलको तर्फबाट प्रतिनिधित्व गराउन अनुरोध गर्दछु ।’ 

साह यसअघि पनि माओवादी केन्द्रको तर्फबाट संसदीय दलको नेता रहिसकेका छन् । 

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब